देउराली यातायात व्यवसायी समितिको आठौँ अधिवेशन शुरु, पुर्ब उपप्रधानमन्त्री रायमाझीद्वारा उद्घाटन ! काङ्ग्रेस निकट ब्यबसायीहरुले अधिबेशन बहिस्कार गरेको घोषणा (तस्बिर सहित )


सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम)। देउराली यातायात व्यवसायी समितिको आठौँ साधारण सभा तथा अधिवेशन शुरु भएको छ ।
सो अवसरमा नेकपा माअोबादी केन्द्रका नेता एबम पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सविधान  संशोधन  गरेर मुकुमा देखिएको समस्या समधान गर्नका लागि सबै दलहरु एकजुट हुनु पर्ने बताउनु भएको छ।
अर्घाखाँची जिल्लामा स्थापना भएको सबैभन्दा ठुलो संस्था देउराली यातायात ब्यबसायी समिति अर्घाखाँचीको ८ अौ अधिबेशन तथा भबन उदघाटन समारोहलाई सम्बोधन गर्दै नेता रायमाझीले २०७४ मङसिर भित्र स्थानीय तह प्रदेश लगायतका निर्वाचन गर्नका लागि पनि मधेसको समस्या समधान गर्न नेकपा एमाले लगायतका दलहरुलाई सहमतिमा ल्याउनका लागि छलफल चलिरहेको बताउनु भयो ।
रायमाझीले सबिधान कार्यनयनका लागि पनि दलहरु एकजुट हुनुको बिकल्प नभएको दाबी गर्नु भयो । उहाले सबै ब्यबसायी एकजुट भएर जनतालाई छिटो छरितो सेबा दिनका लागि ब्यबसायीहरुलाई अाग्रह गर्दै अर्घाखाँचीको बिकस निमार्णमा जुटनका लागि अाग्रह गर्नु भयो ।
कार्यक्रममा यातायात ब्यबसायी राष्ट्रिय महासंघका केन्द्रीय महासचिब सरोज सिटौलाले सबै ब्यबसायीहरु एकजुट भएमात्र ब्यबसायीहरुको हक अधिकार सुनिश्चित हुन सक्ने बताउनु भयो । सिटौलाले ब्यबसायीहरुको हक अधिकारका लागि सरकार गम्भीर नभएको बताउदै ब्यबसायीहरुको अधिकार तथा सुरक्षाका लागि सरकार गम्भीर हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासंघका लुम्बिनी अन्चल सयोजक दिल बहादुर ढुङगानाले सबै ब्यबसायीहरु एकजुट भएर अाफ्ना हक अधिकार सुनिश्चित गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाले ब्यबसायीहरुको सुरक्षाका लागि अाफुहरु पूर्ण रुपमा तयार रहेको बताउदै ब्यबसायीहरुलाई गुणस्तरीय सेवा दिनका लागि अाग्रह गर्नु भयो ।
कार्यक्रममा स्थानीय बिकास अधिकारी प्रदिप पौडेल, सबुज गणका गणपति लक्ष्मिभक्त श्रेष्ठ, निमित्त प्रहरी प्रमुख सुजन राज भन्डारी, बरिस्,ठ कृषि बिकाश अधिकृत योग प्रसाद खरेल, सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशी लगायतका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियोे ।
काङ्ग्रेस निकट ब्यबसायीहरुले अधिबेशन बहिस्कार गरेको घोषणा
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु  प्रसाद खनाल मुस्कानले ब्यबसायीकहरुको हक र अधिकार भन्दापनि एकलौटी ढगले सस्था सन्चालन गर्न खोजेको भन्दै यस्ता कार्य नगर्न अाग्रह गर्नु भयो । उहाले ब्यबसायीहरुको अधिकारका लागि नेपाली काङ्ग्रेस तयार रहेको बताउदै एकलौटी ढगले गर्न खोजिएको अधिबेशन रोक्न र संस्थाका बारेमा छानबिन गर्न प्रमुख जिल्ला अधिकारीलाई अाग्रह गर्दै यो अधिबेशन अाफुहरुलाई मान्य नभएको बताउदै काङ्ग्रेस निकट ब्यबसायीहरुले अधिबेशन बहिस्कार गरेको घोषणा गर्नु भयो उहाँले अर्को समिति बनाउने चेतावनी दिनु भयो  ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष जिबनारायण कोईराला,  नेकपा माअोबादी केन्द्रका नेता चन्द्द बहादुर खड्का, राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बिसी राप्रपाका नेता सम्सेरदिन मिया, नयाँ शक्तिका खिम बहादुर बिक, उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थि लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम देउराली यातायात ब्यबसायी समितिका अध्यक्ष योगेन्द्र खड्काको अध्यक्षता महासचिब प्रेम पान्डेको सन्चालनमा सम्पन्न भएको थियोे । देउराली यातायात छोड्ने काङ्ग्रेसले निणय गरे सगै काङ्ग्रेस निकटका ब्यबसायीहरु जिल्ला प्रसाशन कार्यालय पुगेर अाफुहरुको माग पत्र कबुझाउदै अधिबेशन स्थगित गर्न माग गरेका थिए । काङ्ग्रेस निकट ब्यबसायीहरुलाई बाईपास गर्दै बामपंथी गठबन्धन बनाएर प्यानल घोषणा गरेपछि काङ्ग्रेस निकट ब्यबसायीहरुले अधिबेशन बहिस्कार गर्न बाध्य भएको देउराली यातायात ब्यबसायी समितिका पुर्ब अध्यक्ष प्रेम खत्रीले बताउनु भयो ।