विवाद बढदै गएपछि देउराली यातायात ब्यवसायी समिति अर्घाखाँचीकाे अधिबेशन स्थगित

देउराली यातायात व्यवसायी समितिको आठौँ साधारण सभा तथा अधिवेशनमा । 
श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको आठौं अधिवेशनको निर्वाचन प्रकृया २०७३ मंसिर ४ गते बसेको निर्वाचन मण्डलको निर्णय अनुसार अनिश्चित समयको लागी निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया स्थगन गर्ने निर्णय गरेको छ । 
संस्था भित्रको आन्तरीक छलफल नटुङगीएको,अनेकौ प्रयत्न गर्दा समेत सहमति कायम हुन नसकेको र निर्वाचन स्थगीत गर्न सबै पक्षको आग्रह समेत रहेकोले अर्को ब्यबस्था नहुँदा सम्म यस समितिको सम्पूर्ण कामकार्वाही पूर्बवत ढंगले सञ्चालन गर्ने गरी मौजुदा कार्यकारीणी समिति लाई जिम्मा दिदै अनिश्चित समयको लागी निर्वाचन प्रकृया स्थगन गर्ने निर्णय गरेको छ । 
यस अघि  आफुहरुलाई संस्थाले वाईपास र उपेक्षा गरेको भन्दै नेपाली काँग्रेस निकट व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल समक्ष अधिवेशन स्थगित गर्नको लागी ज्ञापन पत्र समेत बुझाएका थिए ।  
आठौं साधारण सभा तथा अधिवेशनको नेपाल सरकारका पुर्व उपप्रधान तथा उर्जामन्त्री एवं सांसद टोपबहादुर रायमाझीले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । 

देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको आठौँ साधारण सभा बन्दशत्रमा प्रवेश गरी अनिश्चित कालका लागि स्थगित भएको छ । नेपाली कांग्रेस निकट यातायात व्यवायीहरु आफुहरुलाई पेलेर जान खोजेको भनि बाहिरिएपछि निर्वाचन अनिश्चित कालका लागि रोकिएको हो । उनीहरुले अधिवेशनमा कांग्रेस निकट यातायात व्यवसायीहरुलाई बाईपास गरिएको, कार्यसम्पादनमा एकलौटी गरिएका लगाएका आरोप लगाउँदै बाहिरीएका थिए । कांग्रेस  निकट व्यवसायीहरुलाई बाईपास गर्दै बामपंन्थी गठबन्धन बनाएर प्यानल नै घोषणा गरेपछि काँग्रेस निकट यातायात व्यवसायीहरुले अधिवेशन नै बहिस्कार गर्न बाध्य भएको बताएका थिए । उनीहरुले शुक्रवार राति सुरुभएको अधिवेशनको बन्दशत्र बिथोल्न थालेपछि तत्कालका लागि स्थगित भएको अधिवेशन शनिवार सर्वपक्षिय भेलाले अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गरेको निर्वाचन मण्डलले जानकारी दिएको छ ।  राम बहादुर चौहान, रामबहादुर रायमाझी, हरिप्रसाद भुसाल र लोकेन्द्र बिक रहेको निर्वाचन मण्डलले निवर्तमान अध्यक्ष  योगेन्द्र खड्का नेतृत्वको कार्यसमितिले अर्को निर्वाचन नहुँदा सम्मको लागि कार्यसम्पादन गर्ने सूचना टास गरिएको छ । अब अधिवेशन नहुँदा सम्म अहिलेकै कार्यसमितिले कार्यसम्पादन गर्ने निर्वाचन मण्डलले जानकारी दिएको छ । यातायात व्यवसायमा राजनीतिकरण गरिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । – बसन्त श्रेष्ठ छापेली


सम्बन्धित समाचार: