अान्दोलरत ढिकुराबासी र राजनीतिक दलका नेताहरु बिच भएको बैठक निष्कर्षबिहिन

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्थानीय तह पुनसंरचना गर्दा ढिकुरा गाबिसलाई भौगोलिक रुपमा समेत नमिलाई जबरजस्ती भुमिका स्थान नगरपालिकामा समाबेस गरेको बिरोधमा अन्दोलनमा उत्रिएका ढिकुरामा रहेका राजनीतिक दलका नेताहरु तथा जिल्ला स्थित राजनीतिक दलका नेताहरु बिच संयुक्त सर्बदलिय बैठक सम्पन्न भएको छ ।
बैठकमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान नेकपा एमालेका उपाध्यक्ष जिबनारायण कोईराला नेकपा माअोबादीका  केन्द्रका नेता चन्द बहादुर खड्का राष्ट्रिय जनमोर्चाका नेता गोपाल पौडेल काङ्ग्रेस सचिब छबिलाल पौडेल नेपाली काङ्ग्रेसका ढिकुरा सभापति उमेश घिमिरे काङ्ग्रेस जिल्ला सदस्य ज्ञान बहादुर बिक रेमकला खत्री सुर्य प्रसाद भुसाल सचिब अम्मर पराजुली नेकपा एमाले ढिकुराका नेता नारायण खनाल गाउँ सचिब गिरिराज घिमिरे नेताहरु मोति भट्टराई देबि पोख्रेल काङ्ग्रेस ढिकुराका कोषाध्यक्ष खडान्न्द घिमिरे काङ्ग्रेस नेता तारा घिमिरे बसन्त पौडेल राम प्रसाद घिमिरे ईश्वरी प्रसाद चुदाली नेकपा एमालेका ढिकुराका नेता दिपक चुदाली नेकपा माअोबादीका नारायण घिमिरे राष्ट्रिय जनमोर्चाका नारायण घिमिरे लगायतका नेताहरूको उपस्थितिमा बैठक सम्पन्न भएको हो । 
 बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको बताईएको छ । ढिकुराका जनताहरु अहिले पनि अान्दोलनमा छन । सन्धिखर्क नगरपालिकामा गाभ्न माग गर्दै ढिकुराबासी अान्दोलित भएका हुन ।