आचार्यको पार्टी कार्यालय प्रवेशसँगै एमाले कार्यालय अर्घाखाँचीमा कार्यकर्ता र शुभेच्छुकको जमघट

शोभाखर पन्थी
सन्धिखर्क,  अर्घाखाँची । प्राय सुनसान हुने नेकपा एमालेको पार्टी कार्यालयमा आजभोली निक्कै चहल पहल बढेको छ । एक बर्ष देखि स्वास्थ्य उपचारमा रहेका एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यको स्वस्थ्यमा सुधार आए सँगै नियमित रुपमा पार्टी कार्यालयमा आएर काम गर्न थालेपछि एमले कार्यालयमा नेता कार्यकर्ता र शुभेच्छुक हरुको जमघट हुन थालेको हो ।
जिल्लामा निक्कै लोकप्रिय नेताको रुपमा स्थापित आचार्य एक बर्ष यता मृगौला, क्यान्सर, मुटु, लिभर, सुगर,पायल्स, बात, टेपोम लगायत गंम्भिर किसिमका रोगहरु बाट ग्रत बनेका थिए । आचार्यको स्वास्थ्य बिग्रिएको प्रति निक्कै चिन्तित भएका जिल्लाबासीमा एक बर्षको उपचार पछि ठूल ठूला खतरनाक रोगहरुलाई परास्त गर्दै निक्कै कमजोर शरीरका बावजुद पनि उनले उत्साहका साथ पार्टी र सामाजिक काममा खटेको देख्दा हर्षको सिमा नै छैन ।
दुई महिना पहिले सम्म बिभिन्न गुट र उपगुटमा बिभाजित भई आपसमा गाली गलौज र आरोप प्रत्यारोपमा उत्रने एमालेका जिल्ला तहका नेताहरु समेत अहिले आचार्यको पार्टी कार्यालय प्रबेस सँगै चुपचाप एकताका साथ निरन्तर पार्टी काममा जुटेका छन् । उनले आफू नियमित भए सँगै आयोजना गरीएको पहिलो बैठकमै जिल्लाका नेताहरु लाई गुट उपगुट बनाएर पार्टी काममा  असहयो गरे कार्बाही गर्ने चेताबनी दिंदै नेता र कार्यकर्ताको मूल्याङ्खंन कुराको आधारमा नभई कामको आधामरमा हुने भन्दै एकता बद्ध भएर काममा जुुट्न कार्यकर्ता हरुलाई आग्रह गरेका थिए ।
उनको अनुपस्थितीमा अस्त व्यस्त बनेका जनवर्गिय  संगठन तथा  पार्टी मातहतका कमिटीहरु  समेत अहिले नियमित र कामकाजी बनेको एमाले जिल्ला सदस्य शंम्भु पोखे्रलको भनाई छ ।
पाणिनी बहुमुखी क्याम्पस संचालक समितीको अध्यक्ष समेत रहनु भएका आचार्य आफ्नो पार्टी भित्र मात्र नभई अरु पार्टी र जनताको बीचमा समेत प्रिय मानिनु हुन्छ । आचार्य नियमित रुपमा पार्टी कार्यालय आएको सूचना पाएपछि एमालेका अतरिक्त अरुपार्टीका नेता तथा कार्यकर्ता समेत भेटघाटको लागि पार्टी कार्यालय र आचार्यको निबास सन्धिखर्क हटारीनेटा पुग्ने गरेका छन् ।
भारतको मेदान्त अस्पतालले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि आचार्यको लागि निःशुल्क रुपमा मृगौला दिन तयार छौ भनी जिल्लाका दर्जनौ युवाहरुले उनलाई आस्वस्त पारेका थिए । मेदान्त अस्पतालले धेरै प्रकृतिका रोगका  ६ वटा अप्रेसन गर्नुपर्ने बताए पछि उपचार संम्भब नदेखी घरफर्किएका उनले आफन्तको आग्रहमा लामो समय सम्म नेपाल प्राकृतिक हस्पिटल रजहरमा बसेर उपचार गरेका थिए । हाल आफ्नो करीब करीव ९० प्रतिशत रोग निको भएपनि क्यान्सर र टेपोमको औषधि सेवन गर्दै आएको उनको भनाई छ । अस्पतालको पछिल्लो रिपोर्ट अनुसार आयार्चको शरीरमा रहँदै आएको क्यान्सर समेत पूर्ण रुपमा निको भएको छ । उनलाई क्यान्सर निको भएको थाहा पाएपछि जिल्लाबासीले आपसमा खुसी साटा साट गर्दै आचार्यको स्वास्थ्य राम्रो भएकोमा प्रसन्नता प्रकट गरेका थिए ।
निक्कै इमान्दार,साहसी र धर्य स्वभावका आचार्यले नयाँ जिवन पाएको जिल्लाबासीको बुझाई छ । उनले भने आफूलाई मरीन्छ भन्ने कुनैदिन महंसुस नभएको बताए ।आफन्त र साथी भाईले आफ्नो अबस्था देखी निक्कै दुःखी भएर टल्पल टल्पल आँसु पार्थे उल्टो मैलेनै संंझाएर पठाउँथें, पुरानो अनुभव सुनाउँदै उनले भने आत्म विश्वासका साथ अँगाडी बढेमा मृत्युलाई पनि जित्न सकिंदो रहे छ ।
आपूm स्वस्थ्यकर बन्नमा साथी भाई ईष्टमित्रको ठूलो योगदान रहेको आचार्यले बताए । मलाई सयौं साथी भाईले भेटेर स्वस्थ्य लाभको कामना गरे । तपाई निको हुनुपर्छ हामी जेगर्न पनि तयार छौ भन्दै पटक पटक साथी भाईले गरेको स्नेहले आफू लाई रोग सँग लड्नको लागि थप बल पुगेको उनले बताए ।
मैले आफ्नै जायजेथा बाट उपचार गरें तर साथीहरुको सहयोग लिन चाहेको भए उनीहरु मेरो निम्ति लाखौं खर्चिन तयार थिए आचार्यले बताए । एमाले अध्यक्ष आचार्य स्वास्थ्य लाभ गरी फर्किएपछि जिल्लामा क्रियासिल अरुपार्टीका नेताहरु समेत निक्कै खुसी भएका छन् । 
कांग्रेस सभापति बिष्णु मुस्कानले बोलेको कुरामा दृढरहने आचार्य सँग काम गर्न निक्कै सजिलो पर्ने ,भन्दै आचार्यको स्वास्थ्य लाभले आफूलाई निक्कै खुसी लागेको बताए । माओबादी केन्द्रका पोलीट व्यूरो सदस्य चन्द्र बहादुर खड्का उज्वलले एउटा नेता थलिदा जिल्ला नै बिरामी भएको महसुस हुने बताउँदै उहाँको स्वास्थ्य लाभले सिङ्गो जिल्लानै खुसी भएको बताए । नेकपा माओवादी बिप्लबका पूर्व सेक्रेटरी पिताम्बर पोख्रेलले आचार्यले जिल्लामा दलहरुको बीचमा  अभिभावकीय भूमिका खेलेको भन्दै उनको स्वस्थ्य लाभले आफूहरु लाई निक्कै खुसी तुल्याएको बताए ।