बिकट बस्तीमा सिआईजी अर्घाखाँची पुग्दा स्थानिय दंग

सूर्य भुसाल
जलुके । बिगत दुई दर्शक देखि सन्चारक्षेत्रमा कलम चलाउदै आउनु भएका बरिष्ट पत्रकार मुक्तिनाथ भुसालले आज भन्दा ढेड बर्ष अगाडी परिकल्पना गरि दर्ता गराउनु भएको सूचना तथा सुशासन अभियान, सिआईजी हाल जिल्लाका बिकटवस्तीहरुमा समेत पुग्न शुरु गरेको छ । 
सिमलपानीको करेचुलीमा
सार्वजनिक निकायमा भए गरेका सम्पूर्ण जानकारीहरु आम नागरिकले जान्न पाउनु पर्दछ भन्ने मान्यताका साथ सूचनाको अधिकार अर्थात आरटीआई सम्वन्धमा जानकारी गराउन सिआईजीका अध्यक्ष मुक्तिनाथ भुसाल स्वंय सक्रिय बन्नु भएको छ । सिआईजी अध्यक्ष भुसालले आफनो संस्थामा केहि खराव प्रबृत्तिहरु हावी भएको आशंकामा केहि दिन अगाडी बिशेष साधारण सभा समपन्न गरि नौ जनाको कार्यसमिति विधान सम्मत बनाउनु भएको थियो । त्यसपश्चात जिल्लाकैई बिकटवस्ती सिमलपानी गाविसको करेचुली र जलुकेको लापेमा गत शनिवार र आईतवार करिव ५ सय जनालाई वहाँले सूचनाको अधिकार सम्वन्धमा भिजुअल मार्फत जानकारी गराउनु भएको थियो ।
बिकटवस्तीमा जान नै परेपछि सुरक्षाको दृष्टिमा प्रहरी गतिविधिहरु र बिशेष नापी नक्साका बारेमा जानकारी गराउने वहाँको सोचअनुसार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले उपयुक्त महशुस गरि  सहि भरत थापालाई पठाउनु भएको थियो । 
जलुकेको लापेमा
त्यसैगरि बिशेष नापि कार्यालयको तर्फवाट प्रमुख नापि अधिकृत्त मोहम्मद साबिर हुसैन स्वयं उपस्थीती भई सहभागीहरुलाई नापनक्सा सम्वन्धमा जानकारी गराउनु भएको थियो । करेचुली र लापे प्रस्तावित नगरपालिका भएका कारण सिआईजीको निमन्त्र्रणामा सन्धिखर्क नगरपालिकाका सूचना अधिकारी नारायण पोख्रेल समेत कार्यक्रममा सहभागी हुनु भएको थियो । करेचुली कार्यक्रमका लागि सिआईजी कार्यसमिति सदस्य मेनुका भटराईको सन्चालन रहेको थियो भने लापे कार्यक्रमका लागि स्थानिय श्रीराम गिरिको सन्चालन र एकता कल्वका अध्यक्ष लक्ष्मी वहादुर कुमालको सभापतित्वमा सम्पन्न भएको थियो । दुवै कार्यक्रमका लागि आरटिआई सम्वन्धमा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसाल र प्रहरी मेरो साथी सम्वन्धमा सई भरत थापाले मिहिनेत पूर्वक सहजीकरण गर्नु भएको थियो । 
दुवै कार्यक्रम सफल बनाउन सहयोग गरेका ८ जना स्थानियलाई प्रमुख अतिथी हुसैन र बिशिष्ट अतिथी पोख्रेलको हातवाट प्रसंशा पत्र बितरण गरिएको थियो । 
                                                                                                                                    जलुकेको लापेमा
कार्यक्रममा खटिएका करिव ढेड दर्जन पाहुना तथा सहभागीहरुलाई सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले खाना तथा बशोवासका लागि बिशेष ध्यान दिनु भएको सहभागीद्धारा बुझिएको छ ।