अर्घाखाँचीमा जिल्लाको पुनसंरचना मिलाउदा दलहरुले अन्याय गरेको भन्दै ब्यापक अालोचना

Image result for अर्घाखाँची arghakhanchi.com
सन्धिखर्क । 
सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची मङसिर ६ । अर्घाखाँची जिल्लामा जिल्लाको पुन:संरचना गर्दा जिल्ला स्थित राजनैतिक दलहरुले भौगोलिक बनाबट मिलाउन नसकेको भन्दै अर्घाखाँची जिल्लाको ढिकुरा गाबिस र धनचौर गाबिसका स्थानिय जनता देखि गाबिस स्तरिय राजनैतिक दलहरुले जिल्ला स्थित राजनीतिक दलहरुको ब्यापक अालोचना गरेका छन ।
यस अघि राजनैतिक दलहरु तथा जिल्ला प्राबिधिक समितिको बैठकले जिल्ला भर तिन अोटा नगरपालिका र तिनअोटा गाउँपालिका बनाउने प्रस्ताव अायोगमा पठाएपछि ढिकुरा गाबिस र धनचौर गाबिसका जनताहरु अान्दोलित हुदै अाएका छन । दलहरु तथा प्राबिधिक समितिको बैठकले ढिकुरा धनचौर नुवाकोट खिल्ली असुरकोट धारापानि ढाकाबाङ गाबिसलाई समेटेर भुमिकास्थान नगरपालिका बनाउने प्रस्ताव गरेपछि ढिकुरा धनचौरका जनताहरु ले बिरोध गर्दै सदरमुकाममा जुलुस प्रदर्शन समेत गरेका थिए ।
जिल्ला स्थित राजनैतिक दलका नेताहरु स्थानिय बिकास अधिकारी प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्री तथा संघिय संरर्चना अायोगमा समेत ढिकुरा गाबिसका राजनैतिक दलका नेताहरुले सर्बदलिय निणय गरि ज्ञापन पत्र बुझाउनुको साथै ढिकुरा काठमाडौं सम्पर्क समाज ले समेत अायोमा ज्ञापन पत्र बुझाएको र ढिकुराले ब्यापक बिरोध जनाएको भन्दै अायोगले ढिकुराका जन्ताको बास्तबिक माग बुझि ३ दिन भित्र पुनबिचार गरि प्रतिबेदन पेस गर्नु भनि जिल्ला बिकास समिति अर्घाखाँचीलाई पत्र पठाएपछि जिबिसको अायोजनामा अाईतबार बैठक बोलाएको र बैठक बिनानिष्कर्ष टुङगिएको कारण पनि ढिकुरा तथा धनचौर बासिहरुको माग पुराहुने सम्भाबना कम भएको बुझिएको छ । 
सन्धिखर्कबाट १ किलोमिटर नजिक रहेको ढिकुरा गाबिसलाई भुमिकास्थान नगरपालिका राख्नुले अायोग माथि नै प्रश्नचिह्न खडा हुने सम्भाबना छ । नगरपालिका बनाउदा कम्तिमा पनि एक क्याम्पस अस्पताल पिचबाटो प्रहरी कार्यालय हुलाक लगायतका सामान्य माप दन्ड समेत नपुगेको र भौगोलिक सरचना नमिलेको ठाउँमा दलहरुले सहमति गरेर नगरपालिका बनाई जनताको ढाड कर तिर्दा सेक्ने गरि गरिएको पुनर्संरचना अाफुहरुलाई मान्य नहुने नेपाली काङ्ग्रेस ढिकुराका सभापति उमेश घिमिरेको भनाइ छ।
ढिकुरा गाबिसलाई सन्धिखर्कमा गाभ्न माग गर्दै अाफुहरु अान्दोलनमा उत्रिएको कारण अाफुहरुका माग पुरा नभए ससक्त अान्दोलन गर्ने नेकपा एमाले ढिकुराका नेता मति भट्टराईको दाबी छ। ढिकुराका राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला स्तरिय दलका प्रमुखहरुसँग अाईतबार बसेको संयुक्त बैठकले पनि कुनै टुंगो लगाउन नसकेपछि ढिकुराका जनता अान्दोलन गर्न बाध्य भएको नेकपा माअोबादी ढिकुराका नेता नारायण घिमिरेको भनाइ छ । 
जिल्लाको समर्चना मिलाउदा ठुलादलहरुले जबर्जस्ती एकलौटी  ढगले निरङकुस्ता जनाएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अारोप लगाएको छ । जनमोर्चाले समर्चनाको बिरोध गरेको छ ।
त्यस्तै धनचौरका स्थानिय बासिन्दाले भने अाफुहरुलाई सितगङ्गा नगरपालिकामा समाबेस गर्न माग गर्दै अान्दोलन  गरिरहेका छन । गाउँमा जति जनता अान्दोलनमा उत्रिए पनि जिल्लाका नेताहरु गम्भीर नदेखिएको स्थानिय नेताहरुले अारोप लगाएका छन ।