जापानमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो । जापानमा आज बिहान स्थानिय समय अनुसार बिहान ६ बजेर २ मिनेटमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्प जापानको फुकुसीमा, इबाराकी केन वकी केन्द्र भएर गएको भूकम्प लगत्तै तटीय क्षेत्रहरुमा सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानको भूकम्प मापन केन्द्र जापान मेटेरोलोजिकल एजेन्सीले आफ्नो अनलाईनमा उल्लेख गरे अनुसार सुनामीको चेतावनी विशेषगरि फुकुसीमा क्षेत्रको भूकम्प केन्द्र रहेको नजिकका तटिय क्षेत्रमा जारी गरिएको छ । सुनामी १० मिटर उचाइ सम्मको आउन सक्ने समेत जापान मेटेरोलोजिकल एजेन्सीलाई उदृत गर्दै विविसीले उल्लेख गरेको छ ।
भूकम्पको अनुभव जापानभर गरिएको थियो । भूकम्पको मापन उच्चतम ७.३ रेक्टरको मापन गरिएको र यो ६.९ रेक्टरको न्युनतम मापनमा रोकिएको अमेरिकी भूगर्भ विभागलाई उदृत गर्दै इन्डिपेन्डेन्ट समाचार संस्थाले उल्लेख गरेको छ ।
जापान सरकारले भूकम्प पछि सुनामीको चेतावनी जारि गरिएका तटिय क्षेत्र सचेत रहन भन्दै घर बाहिर ननिक्लन अनुरोध सहित उक्त क्षेत्रमा आवश्य उद्दार र सहयोगको लागि निर्देशन दिइसकेको जापानी टेलिभिजनहरुले प्रशारण गरिररहेका छन् ।
जापानी अधिकारीहरुले फुकुसीमा क्षेत्रको तटिय क्षेत्रमा सुनामीको गम्भिर खतरा बढेको भन्दै त्यहाँ रहेका नागरिकहरुलाई अग्लो घर तथा अग्लो क्षेत्रहरुमा जान अनुरोध गरेको छ ।
आफुहरुले उद्दार टोलीलाई तत्काल खटाइसकेको भएपनि त्यो ढिलो हुनसक्ने भन्दै तत्काल सुरक्षित स्थानमा जान जापानी अधिकारीहरुले विशेष अनुरोध गरिरहेका छन् ।
सुनामी २० किलोमिटरको प्रतिघण्टामा आउने देखिएको र यो विनाशकारी समेत हुनसक्ने भन्दै जापानी अधिकारीहरुले टेलिभिजन, रेडियो तथा मोबाइलमा सन्देश पठाएर उक्त क्षेत्रमा रहेका नागरिकहरुलाई हट्न भनिरहेका छन् । topnepalnews मा समाचार छ ।