अर्घाखाँचीका राजनैतिक दलहरुद्वारा ५ नम्बर प्रदेशलाई टुक्राए भिषण अान्दोलन गर्ने चेतावनी

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची मङसिर ७ ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका राजनीतिक दलहरु र सरोकारवालाहरुले ५ नम्बर प्रदेश टुक्राउने चलखेल भैरहेको भन्दै त्यसो गरिए भिषण अान्दोलन गर्ने चेतावनी दिएका छन । 
अर्घाखाँची उधोग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको ५ नम्बर प्रदेश टुक्राउन नदिने बिषयक अन्तर्किया कार्यक्रममा बोल्दै नेपाली  काङ्ग्रेस अर्घाखाँचीका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले कुनै पनि बहाना बनाएर सघिय पुन संरचनाको नाममा ५ नम्बर प्रदेशलाई टुक्राउने र तराईका जिल्लाहरुबाट गुल्मी पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेटन खोजे त्यसको प्रतिकार अान्दोलनबाट गर्ने चेतावनी दिनुभएको छ। उहाले पहाडी तथा तराईका जिल्ला समेटेर बनाएको अहिलेको संरचना नै उपयुुक्त भएको बताउदै टुक्राउने भन्ने कुरा असम्भव रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका बरिस्ठ नेता कमल प्रसाद भुसालले ५ नम्बर प्रदेश टुक्राउन कुनै शक्ति र तागतले नभेट्ने दावी गर्नु भयो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्यले देशी बिदेसीको ईसारामा अहिले सरकार ५ नम्बर प्रदेशलाई टुक्राउन लागि परेको अारोप लगाउनु भयो । उहाले ५ नम्बर प्रदेश टुक्राउन खोजे गाउँ बस्तिहरुबाट जनता उर्लने बताउदै पाँच नम्बर कुनै हालतमा टुक्राउन नदिने र टुकराउन खोजे त्यसको पार्टी पङ्तिबाटै प्रतिकार गर्ने चेतावनी दिनु भयो ।
कार्यक्रममा नेकपा माअोबादी केन्द्रका जिल्ला सहसंयोजक छमकुमारि खनालले ५ नम्बर प्रदेश कुनै बहानमा टुक्राउन खोजे अाफुहरुले प्रतिकार गर्ने र जनता सडकमा उत्रने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले संघियता मुलुकमा टिक्न नस्क्ने बताउदै संघियताको उपहच अहिले मुलुक र जिल्ला टुक्राउने चलखेल भएको बताउदै सबै देशबासी संघियताको बिपक्षमा लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा जनमुक्ति पार्टीका नेता टोप बहादुर बलाल राप्रपाका नेता अम्मर थापा नेकपा माअोबादी बिप्लब समुहका योगेन्द् चौहान नेपाल पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थि, उधोग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष असोक कुमार श्रेष्ठ, सचिब प्रदिप मिश्र, होटल ब्यबसायी संघका अध्यक्ष नोलराज भन्डारी निर्माण ब्यबसायी संघका बरिस्ठ उपाध्यक्ष कासिराम बस्याल निर्माण ब्यबसायी युबराज श्रेष्ठ नारायण खनाल कृष्ण बस्याल, भोजराज भुसाल नयाँ शक्तिका गोकण थापा, बजार सुधार समितिका अध्यक्ष नारायण बन्जाडे लगायतले ५  नम्बर प्रदेश कुनै पनि हालतमा टुक्राउन नहुनेमा जोडदार माग गरेका थिए ।
कार्यक्रममा ब्यबसायीहरु, सिअाईजीका अध्यक्ष मुक्ति नाथ भुसाल नेपाल प्रेस युनियका अध्यक्ष सुर्य प्रसाद भुसाल, प्रेस चौतारीका अध्यक्ष हिम बहादुर जिसी लेकाली सचिब अर्जुन भुसाल, नेबिसंघका उपाध्यक्ष सुरज रायमाझी अखिलका अध्यक्ष प्रदिप नेपालि अखिल छैटौका केन्द्रीय उपाध्यक्ष देबेन्द्द कुवर प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य श्याम घिमिरे सचिब जितेन्द्र खत्री, स्वतन्त्र पत्रकार संघका अध्यक्ष हरि प्रसाद भुसाल पत्रकार, महासंघका सचिब प्रेमनारायण आचार्य, पत्रकार सहयोगी बिसी, अनिल नेपाली होटल ब्यबसायी मोहन सिंह ठकुरी, कृष्ण प्रसाद आचार्य लगायत नागरिक समाज उधोगि ब्यबसायीहरुको सहभागीता रहेको कार्यक्रम उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता पत्रकार गणेस खनालको सन्चालन नेत्रप्रसाद भुसालको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।