जिल्लाको पूर्नःसंरचनामा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले ल्यायो फरक बिकल्प

Image result for अर्घाखाँची
सन्धिखर्क । फाइल तस्बिर  

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची मंसिर ७,  । जिल्लाको पछिल्लो पूर्नःसंरचना जनताको भावना बिपरित र अबैज्ञानिक भएको बताउँदै असहमति जनाउँदै आएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले हिजो फरक बिकल्प पेश गर्दै उक्त संरचना खारेजीको माग गरेको छ ।
जिल्लाको ठाउँ-ठाउँबाट सुझावहरु आइरहेकाबेला जनताका सुझावलाई कुल्चेर अगाडि बढ्नु घातक हुने भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले हिजो जिल्ला विकास समिति मार्फत २ नगर र ४ गाउँपालिका गरि ६ वटा स्थानिय तहको संरचना राज्य पूर्नःसंरचना आयोगमा पठाएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाले  जानकारी गराउनुभएको छ ।
भुगोल,जनसंख्या र स्थलगत अध्यन बिना सिफारिस गरिएको सिमाङ्कनले जिल्लामा सद्भाव खलबलिने हुनाले जनताको भावना समेटेर जानुपर्ने भन्दै  राष्ट्रिय जनमोर्चाले हिजो जिल्ला विकास समिति अर्घाखाँची मार्फत सन्धिखर्क र सितगङ्गा नगरपालिका, भुमेकास्थान,मालारानी,पाणिनि र छत्रेश्वर गाउँपालिका गरि दुई नगर र चार गाउँपालिकाको नयाँ प्रस्ताव आयोगमा पठाएको हो ।
जस अनुसार राष्ट्रिय जनमोर्चाले ल्याएको प्रस्तावमा आफहरुलाई सन्धिखर्कमा मिलाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका धनचौर, ढिकुरा, नुवाकोटको वडा नम्बर ६, बाँगिको वडा नम्बर ७, ८ र ९ वडा बनाउँदा सबै जनताको भावनाको कदर हुने भन्दै केरुङ्गाको वडा नम्बर ७,पालिको वडा नम्बर ९ बलेवाङ्ग र अड्गुरी गा.बि.स.लाई सन्धिखर्क नगरपालिकामा समाबेश गरि जिल्लाको पूर्नःसंरचना गरिएको राष्ट्रिय जनमोर्चाले बताएको छ ।