अर्घाखाँचीमा ६ वटा स्थानिय तह बनाउने सहमति भनेपनि गाउँ-गाउँमा बिरोध कायमै

Image result for अर्घाखाँची
सन्धिखर्क लगायत । फाइल तस्बिर  

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची मंसिर ७ । अर्घाखाँची जिल्लालाई ६ वटा स्थानिय तह बनाउने सहमति गरि आयोगमा सिफारिस गरिएको भएपनि प्रस्तावित पूर्नःसंरचनाले जनताको भावना समेट्न नसकेको भन्दै जिल्लाका बिभिन्न ठाउँबाट बिरोधका स्वरहरु चर्किन थालेका छन् ।
जनताले राज्यबाट पाउने सुविधालाई सहज र सरल बनाउने लक्ष्यका साथ ल्याइएको राज्य पूर्नःसंरचनाको निति बिपरित अर्घाखाँचीमा क्रियाशिल दलहरुको दबाबमा प्राबिधिक टोलीले जिल्लालाई सिमाङ्कन गरि पूर्नःसंरचना आयोगमा सिफरिस गरेको असन्तुष्ट पक्षको आरोप रहेको छ ।
जनताको सुबिधा भन्दापनि कुन दलले कहाँ चुनाव जित्ने र को व्याक्ति मेयर बन्ने भन्ने अङ्क गणितको आधारमा अर्घाखाँचीका दलहरुले जिल्लाको पूर्नःसंरचना गरेको र यसले जनताको भावना समेट्न नसकेकोले आफुहरु आन्दोलित बन्नुपरेको उनिहरको भनाई रहेको छ ।
सन्धिखर्कमा बलेनि खस्ने  ठाउँ ढिकुरालाई जर्बजस्त भूमेकास्थान नगरपालिकामा सिफरिस गरिएकोले सन्धिखर्कमा समायोजन गर्न भन्दै ढिकुराबासीले जनाएको बिरोध सेलाउन नपाउँदै हिजो धनचौरबासीहरुले पनि आफुहरु कुनैपनि हालतमा  भुमेकास्थान नगरपालिकामा समाहित हुन नसक्ने भन्दै जिल्ला विकास समिति अर्घाखाँचीमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
धनचौरका सम्पूर्ण राजनितिक दलहरुको नेतृत्वमा सन्धिखर्क आएको टोलिले ध्यानाकर्षण पत्र बुझाउँदै बिना आधार हुनै नसक्ने नगरपालिका बनाई  भुमेकास्थानमा समाहित गरि अपमान गरेको भन्दै धनचौरलाई सन्धिखर्कमा नल्याइए आफुहरुलाई अपमान गर्नेलाई अब धनचौरले पनि बहिस्कार गर्ने समेत चेतावनी दिएका छन् । 
ध्यानाकर्षण पत्र बुझाएपछि हिजै धनचौर जिल्ला स्थित राजनितिक दलहरुको बिचमा बैठक समेत बसेको छ ।
संयुक्त बैठकमा नेपाली कांग्रेस सभापति बिष्णु खनाल मुस्कान,एमाले उपाध्यक्ष जिबनारायण कोइराला र माओवादी केन्द्र सह-संयोजक छम कुमारी खनाल चिनारीले मन्तव्य राख्दै जिल्लाको पूर्व देखि पश्चिम सम्मका बासिन्दाको भावना समेट्ने गरि अधिकतम प्रयास गर्दापनि सबै ठाउँलाई भनेजस्तै गरि मिलाउन नसकेको बताउँदै आफुहरु निरन्तर छलफल र गृहकार्यमा लागिरहेकोले सकेसम्म सबैका भावना समेट्ने आस्वासन दिनुभएको थियो ।
सोहि बैठकमा सहभागि राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेलले भने अहिले सिफारिस भएको पूर्नःसंरचनामा आफुहरुको पनि असहमति रहेको भन्दै राष्ट्रिय जनमोर्चाले अघि सारेको संरचनामा ढिकुरा लाई सन्धिखर्क वार्ड नम्बर ८ र धनचौर लाई ९ नम्बर वडामा समाहित गरेको जानकारी गराउँदै धनचौर र ढिकुराले उठाएको माग जायज भएको जिकिर गर्नुभएको थियो ।
बैठकमा धनचौरबाट कांग्रेस सभापति हेमराज भट्टराई,मान बहादुर रायमाझी,लेखनाथ पाण्डे,एमाले अध्यक्ष शुभ बहादुर समाल,टामलाल भट्टराई,खगिश्वर पन्थी,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि गोपाल प्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो ।