अर्घाखाँची जिल्ला कारागारका बन्दीहरुलाई टोपी र माक्स बितरण

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला कारागारका बन्दीहरुलाई टोपी र माक्स बितरण गरिएको छ ।
सन्धिखर्क स्थित आटिकापाटामा रहेको जिल्ला कारागारमा रहेका ३३ बन्दीलाई प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जाडोमा लगाउने ”उनि”का टोपी र मुखमा लगाउने माक्स बितरण गर्नु भएको हो  ।
 उद्योग बाणिज्य संघ अर्घाखाँचीले टोपी र माक्सको  ब्यबस्थापन गरेको थियो । 
 सो बितरण कार्यक्रममा प्रहरी प्रमुख नवरत्न पौडेल, अनुसन्धान प्रमुख देबेन्द्र खतिवडा, उद्योग बाणिज्य संघका  अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ ,युबराज श्रेष्ठ, महासचिव नेत्र प्रसाद भुसाल, राजनितिक दलका प्रतिनिधि संचारकर्मी समेतको उपस्थिति रहेको थियो।
२५”जना बन्दी क्षमता रहको यस जिल्ला कारागारमा अहिले ३३  जना बन्दिहरु रहेका छन् ।  उनिहरुलाई सरकारले दैनिक रु ४५ र ७०० ग्राम चामल दिदै आएको छ । 
तस्बिर: सहयोगी बिसी