जिल्ला न्याय समन्वय समितिको बैठक सन्धिखर्कमा सम्पन्न, न्यायको पहुच अाम जनता सम्म पुर्याउन अदालत लागि परेको न्यायाधीश बास्तोलाको भनाई

Image result for अर्घाखाँची जिल्ला अदालत
जिल्ला अदालत अर्घाखाँचीमा भएको कार्यक्रममा। फाइल तस्बिर 

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुच सम्म न्याय क्षेत्र लाई पुराउनका लागि सबै सरोकारवाला एकजुट हुनु पर्ने बताउनु भएको छ । जिल्ला न्याय समन्वय समितिको बैठकमा बोल्दै न्यायाधीश बास्तोलाले छिटो छरितो न्याय दिनका लागि अाफुहरु लागि परेको बताउदै  जनमुखी न्याय दिनु अदालतको दायित्व भएको बताउनु भएको छ । 
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल, स्थानीय बिकास अधिकारी प्रदिप पौडेल, राष्ट्रिय अनुसन्धानका प्रमुख देबेन्द खतिवडा, बार एसोसियसनका जगन्नाथ भुसाल बिजय खत्री अदालतका श्रेस्तेदार मोहन बेल्बासे जिल्ला मालपोत कार्यालयका प्रमुख लोक बहादुर कारर्की सहायक बन अधिकृत टेकनारायण चौधरी लगायत कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियोे ।
कार्यक्रम जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको हो ।