सन्धिखर्कमा पत्रकार सम्मेलन ! संविधान संशोधन प्रस्ताव पास हुन दिदैनौ: एमाले सचिब बिष्ट

सुर्य प्रसाद भुसाल
सन्धिखर्क अर्घाखाँची मङसिर ८ । नेकपा एमाले केन्द्रीय कमिटिका सचिब पुर्ब मन्त्री गोकर्ण बिष्टले सरकारले ल्याउन लागेको संविधान संशोधन अाफुहरुले कुनै हालतमा संसदबाट पारित हुन नदिने बताउनु भएको छ।
प्रेस चौतारी नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बिष्टले मुलुकमा अहिले सरकारले संविधान कार्यनयन गर्ने तर्फ सरकारले चासो नदिएको बताउदै सरकार ठट्टा र हल्लाको भरमा अगाडि बढेको अारोप लगाउनु भयो । बिष्टले सबिधान संसोधनका बारेमा दलहरु बिच छलफल चलेको भन्ने कुरा निराधार भएको बताउदै अागामी बर्ष भित्र तिन तहको निर्वाचन मुलुकमा नभए सम्बैधानिक सङकट अाउने चेतावनी दिनु भयो ।
संविधान संशोधन संसदमा अाउनै नदिने बताउदै निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग संसदबाट पारित हुने बताउनु भयो । बिष्टले नेपालका ठुलादलहरु मिल्नुको बिकल्प नभएको बताउदै एमाले पार्टी जनताको पार्टी भएको दावी गरे । उनले अन्तरदेशीय सम्बध एमालेको सबै तिर रहेको बताउदै गुल्मी पाल्पा अर्घाखाँचीलाई ५ नम्बर प्रदेशबाट हटाउन खोजे सडकबाट त्यसको प्रतिकार जनताले गर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्य  ५ नम्बर प्रदेशका सदस्य पिताम्बर भुसाल उपाध्यक्ष  जिबनारायण कोईराला सचिब राम बहादुर चौहान उपसचिब प्रेमनारायण गैरे सचिबालय सदस्य जनार्दन खनाल सिद्दि प्रसाद भुसाल रामचन्द्र पोख्रेल सरोज भुसाल तिलक मिश्र मोतिजग रायमाझी बुद्धि भुसाल बिजुला रायमाझी पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थि प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल लगायतका पत्रकारहरुको सहभागिता रहेको थियोे ।
कार्यक्रम प्रेस चौतारिका अध्यक्ष हिम बहादुर जिसी  लेकालीको अध्यक्षता सचिब अर्जुन भुसालको सन्चालन सहसचिव कमल बिष्टको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
भिडियो: सहयोगी बिसी