जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक सन्धिखर्कमा सम्पन्न

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश केशव प्रसाद बास्तोला को अध्यक्षतामा जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक आज  जिल्ला अदालतमा  बसी सम्पन्न भएको छ । 
बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, प्र ना उ नबरत्न पौडेल, स्थानीय बिकास अधिकारी प्रदीप पौडेल, स जि न्या ब  रोमाकान्त ज्ञवाली लगायतका समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा माननीय जिल्ला न्यायाधीशज्युले सम्पुर्ण सदस्यहरुलाइ स्वागत गर्नु भएको थियो र विभिन्न बिषयमा सबैलाई जानकारी गराउनु भएको थियो । 
प्रमुख जिल्ला अधिकारीले यस समितिको कार्यक्रमबाट आफु  अत्यन्त खुशी भएको र कार्यक्रम प्रभावकारी रहेको बताउनु भएको थियो ।

अन्य समाचारहरु