सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिका कार्यकारी अधिकृत रामजी जोशीले जनताको काम छिटो छरितो गर्नका लागि नगरपालिका लागिपरेको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकाको पुर्ब योजना तर्जुमा गोष्ठीमा अाफ्नो भनाई राख्दै जोशीले नगर क्षेत्र भित्र हराभरा बनाउने र लुम्बिनी अन्चलको सबै भन्दा राम्रो नमुना नगरपालिका बनाउनका लागि सबैले साथ दिनु पर्ने बताउनु भयो । उहाले दक्ष जनशक्तिको अभाबमा पनि नगरपालिकाले बिकास निर्माणका कामलाई अगाडि बढाएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नगरसभापति बिनोद आचार्यले नगरपालिकाले अहिले निकै राम्रो काम गरेको अाफुले महशुस गरेको बताउनु भयो । उहाले नगरक्षेत्र भित्र अझै नयाँ कामको शुरुवात गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले बिशेष नगरकमिटिका अध्यक्ष युबराज श्रेष्ठले नगरपालिकाले गरेको कामबाट अाफुहरु पूर्ण रुपमा सन्तुष्ट रहेको बताउदै जनताको कामलाई छिटो छरितो गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेकपा माअोबादी केन्द्रका नेता राम बहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाका नेता गोबिन्द बिसी लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम नगरपालिकाका सब-ईन्जिनियर नारायण पोख्रेलको सन्चालनमा सम्पन्न भएको हो ।