ठाडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, प्रजिअ कटुवालद्वारा सेबालाई तुरुस्त दुरुस्त रुपमा सबैले अात्मसाथ गरेर काम गर्नु पर्ने उल्लेख

सुर्य भुसाल 
ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले सेबालाई तुरुस्त दुरुस्त रुपमा सबैले अात्मसाथ गरेर काम गर्नु पर्ने बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ठाडा गाबिसमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाले जनताको जिउधनको सुरक्षा गर्न प्रहरी सक्षम रहेको बताउनु भयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले जनताको सहयोग भएमा प्रहरी काम गर्न सक्षम रहेको बताउनु भयो । उहाले प्रहरी  र जनताको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने बताउदै जनतालाई शान्ति सुरक्षा पुण रुपमा प्रत्याभूति हुने गरि प्रहरी काम गरेको बताउनु भयो ।
कार्यक्रम स्थानिय बिकास अधिकारी प्रदिप पौडेलले प्रहरीलाई जनताको साथ सहयोग अनिवार्य हुनु पर्नेमा जोड दिदै प्रहरीले गर्ने हरेक कार्यक्रमलाई जिल्ला बिकास  समितिले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा ठाडाका सयौं स्थानीय बासिन्दाले प्रहरी गरेको कामको प्रसंशा गरेका थिए ।