लैङ्गिक हिंसाबिरुद्ध सन्धिखर्कमा बिशाल -याली (तस्बिर सहित)

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची मंसीर १० । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा महिलाहरुको बिशाल -याली निस्कीएको छ ।अन्तराष्ट्रिय लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानको अबसरपारी सदरमुकाम सन्धिखर्कमा महिलाहरुको  -याली निस्कीएको हो ।
सन्धिखर्क शान्ती बगैचा बाट निस्कीएको जुलुस ले बजारको परीक्रमा गरेको थियो । हातमा प्लेकार्ड लिएका महिलाहरुको जुलुसले महिला अधिकार र सामाजिक बिभेदका बिरुद्ध नारावाजी गरेको थियो ।
जुलुस पछि आयोजित कार्यक्रममा मन्तव्य राख्दै जिल्ला अदालतका न्यायाधिस केशव प्रसाद बास्तोलाले महिला हिंसा अन्त्यको निम्ती सबै पक्ष एकजुट भएर अघिं बढ्नुपर्ने बताए । लैङ्गिक बिभेद र महिला हिंसा सामाजिक अपराध भएको बताउँदै, उनले महिला हिंसाका घट्ना लुकाएर नराख्न महिलाहरुको ध्यानाकर्षण गराए । अदालतमा आउने मुद्दाहरु मध्ये आफू सँग ३० प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका आउने गरेको र त्यसमा पिडीत महिलाहरु हुने गरेको बताउँदै उनले त्यसबाट आफू निक्कै दःखी हुने बताए ।
स्थानीय बिकास अधिकारी प्रदिप पौडेलले जघन्य अपराधको रुपमा रहेको लैङ्गिक हिंसा अन्यको लागि सचेतना अभिबृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा सहभागी हुन ठुलो संख्यामा गाउँ गाउँका महिला सन्धिखर्क आएका थिए ।