गैर सरकारी संस्था महासंघ नेपाल अर्घाखाँचीको अध्यक्षतामा भोजबहादुर गन्धर्व

श्याम घिमिर
सन्धिखर्क, अर्घाखाँची ।  गैरसरकारी संस्थाहरुको आजको आबस्यकता, सुशासन र जबाफदेहिता ,भन्ने मुलनाराको साथ गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला साखा अर्घाखाँचीको पाँचौं अधिबेशन तथा बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ । 
अधिबेशनले भोजबहादुर गन्द्र्रभको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समितिको चएन समेत गरेको छ । जसको उपाध्क्षमा ठाकुर प्रसाद अधिकारी,सचिबमा राधा नेपाली,उपसचिबमा कुसुम भुसाल,कोषाध्यक्ष गणेस खनाल र सदस्यमा क्रमशःनारायण भुसाल,बेदुलाल बि.क,फर्सुसाम पाण्डे,रुपा मुखिया,बाबुराम ताम्राकार र मिश्रा आचार्य लाई निर्बाचित गरेको छ ।
यस अघि अधिवेसनको एक कार्यक्रमको बिच उद्घाटन गर्दे एनजिओ फेडे्रसनका केन्द्रिय सदस्य तथा पस्चिमाञ्चल संयोजक देबिप्रसाद तिमिल्सीनाले गैरसरकारी संस्थाले सरकारसंग प्रत्यक्षरुपमा नजिक रहेर पुलको काम गरीरहेको भन्दै निति निर्माण र कार्यान्वयनमा गैर सरकारी संस्थाको अहम भूमिका रहेकोले यसलाई सबैको समर्थन र सहयोगको आबस्यकता रहेको बताउनु भएको थियो ।
कार्यक्रममा स्थानिय बिकास अधिकारी प्रदिप पौडेल, गैर सरकारी संस्था महासंघ नेपालकी केन्द्रिय सदस्य सुनिता शर्मा,नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कान,नेकपा एमालेका का.बा.अध्यक्ष जिबनारायण कोईराला,नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बि.क,राष्ट्रिय जनमोर्चाका जिल्ला प्रतिनिधि कमलप्रसाद घिमिरे,जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरीक्षक माधबप्रसाद बन्जाडे, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हिमबहादुर जिसि लेकाली लगााएतले अधिबेसन सफलताको शुभकामना दिदै आगामी दिनहरुमा गैर सरकारी संस्था महासंघले शुसासन र शान्ती  कायम गर्नको लागी सबैलाई खबरदारी गरोस भन्दै अधिवेसन सफलताको शुभकामना समेत दिनु भएको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष शम्भु पोख्रेलको अध्यक्षता राधा नेपालीको स्वागत मन्तब्य र लिलबहादुर बिकको सन्चालनमा सम्पन्न भएको थियो ।