ठाडाका जनताहरुद्वारा सेवाकेन्द्र खोल्न माग

श्याम घिमिरे
ठाडा,अर्घाखाँची । प्रशासनिक काममा निकै दुख पाएको भन्दै अर्घाखाँची जिल्लाको ठाडा गाबिसका जनताहरुले सेवाकेन्द्र खोल्न माग गरेका छन् ।
नागरिकता, घरजग्गा पास लगायतका सामान्य कामको लागि पनि निकै दुख पाएको भन्दै उनिहरुले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाललाई सेवा केन्द्र स्थापनको लागि पहल गर्न अनुरोध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाको ठाडामा गरेको नागरिक सुनुवाई कार्यक्रममा जनताहरुले प्रहरिको सेवा दुरदराजमा पुर्याउन आग्रह समेत गरेका छन् ।
कार्यक्रममा स्थानिय जनताहरुले  सामाजिक सुरक्षाभत्तामा अनियमितता गर्ने गरिएको भन्दै छानविन गर्न माग गरेका थिए । त्यस्तै बाटोको मापदण्ड हुन नसक्दा निकै समस्या रहेको भन्दै उचित प्रवन्ध गर्न माग समेत गरेका थिए ।
कार्यक्रममा जनताको समस्या ध्यानपुर्वक सुनेका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले समस्या समाधानको प्रयत्न गर्ने आंवासन दिएका थिए ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक नबरत्न पौडेल,स्थानीय बिकास अधिकारी प्रदिप पौडेल,अनुसन्धान अधिकृत देबेन्द्र खतिवडा सिआईजि अध्यक्ष मुक्ति भुसाल,पत्रकार श्याम घिमिरे,हरीप्रसाद भुसाल लगाएतको उपस्थीती रहेको थियो ।
कार्यक्रम प्रहरी हवल्दार रविन खड्को सन्चालन र गाबिस सचिब हिमबहादुर भाट अध्यक्षतामा सम्पन्न भएको थियो ।