दातृ निकायका आठ प्रतिनिधीले गरे अर्घाखाँचीको भ्रमण (तस्बिर सहित)

प्रेम आचार्य
अर्घाखाँची १२ मसिर । विभिन्न देशका दातृ निकायका प्रतिनिधिहरुले अिर्घाखाँची जिल्लाको भ्रमण गरि सरसफाई र स्वचछता तथा समग्र जिल्लाको अबस्थाको जानकारी लिएका छन ।  
४ दिनको नेपाल भ्रमणमा आएका  प्रतिनिधिहरुले   दह आधारभूत विद्यालय, ठाडा-२, जनता आधारभूत विद्यालय, सीतापुर -८ र सीतापुरकै वडा नं ८ र ९ अन्र्तगत पर्ने धारा, डुडकट्टा, माइकाथान गाउँको भ्रमण गरेको जिल्ला बिकास समितिका स्थानीय विकास अधिकारी प्रदिप पौडेलले बताए ।  
  भ्रमणका क्रममा घरदैलो, प्रस्तुतीकरण, स्वागत गीत नाँच र अन्तरकृया गरिएको थियो । जिल्लामा पाल्नु भएका दातृ निकायका प्रतिनिधीहरुलाई स्थानीय विकास अधिकारी एवं डिवाससिसिका अध्यक्ष  प्रदीप पौडेलले पुष्प गुच्छा दिई स्वागत गरेका थिए  । 
जिल्ला खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वयको बैठकमा सदस्य सचिव  सुरत वमले जिल्लाको समग्र खानेपानी,सरसफाइ र स्वच्छताको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुतीकरणपछि खानेपानी र सरसफाइ सम्बन्धमा खुल्ला छलफल गरिएको थियो । जिल्लाका सरकारी तथा गैसस निकायका प्रतिनिधीहरु र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले पूर्ण सरसफाइ अभियानका साथै खानेपानी तर्फ पनि सहयोग गर्नु पर्ने धारणा राखेका थिए । 
  दोस्रो दिन  सन्धिखर्क जगरपालिकाको वाड न. ६ अन्र्तगत पर्ने रात्टारी टोल र ठाडा-३ अन्र्तगत पर्ने जस्रामे गाउँ भ्रमण गर्ने क्रममा समुदायका मानिसहरुले अति हर्षका साथ स्वागत गरी घरदैलो र अन्र्तक्रिया गरि खुल्ला दिसामुक्त अभियान, चर्पी बनेपछि जीवनमा आएको सहजता, परिवर्तन, विद्यमान समस्याहरु तथा भावी योजना र त्यसमा दातृ निकायको साथ सम्बन्धमा छलफल गरेका थिए । 
 नेपालका १७ जिल्लाहरुमा हाल सञ्चालन भई रहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको प्रभाव हेर्न र बुझ्न नेपाल आएका CIDA, WSSCC, NORAD, Mofa Finland, Finnish Embassy का गरी ८ जना दातृनिकायका प्रतिनिधिहरुले समुदाय, विद्यालय, गाविस, नगरपालिका , जिल्ला तहका सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल, पत्रकार आदिको भूमिकालाई प्रशंसा गर्दै ग्लोबल सेनिटेसन फण्ड कार्यक्रमबाट अर्घाखाँचीमा परेको सकारात्मक प्रभावप्रति आफुहरु उत्साहित भएको जनाउदै नेपालमा आ-आफ्नो क्षेत्रमा सक्दो सहयोग गर्ने बताएको डिवाससिसिका सदस्य सचिब सुरत बलमे बताए । 
 अर्घाखाँची भ्रमण गर्नु अघि ८ गते राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति, विभिन्न निकायका प्रतिनिधिहरुसंग भेटघाट गरि नेपालको खुल्ला दिसामुक्त अभियानको सम्बन्धमा छलफल गरिसकेका दातृनिकायका उच्च स्तरीय प्रतिनिधिहरु अर्घाखाँचीको भ्रमण गरेको युएन ह्याबिटाटका जिल्ला स.योजक बिष्णु दवाडीले बताइन ।  
तस्बिर: बिनु अधिकारीबाट