बुटवलमा भएको हाजिरीजवाफ प्रतियोगितामा सन्धिखर्कको गौरीशंकर वोर्डिङ्ग स्कूल दोस्रो

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । लुम्विनी अञ्चलको बुटवलमा अवस्थित मिराज इन्टरनेशनल एजुकेशन प्रा.लिद्वारा संचालित अञ्चल स्तरीय माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगितामा अर्घाखाँचीको गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्कको समुह दोस्रो हुन सफल भएको छ । 
दुई सय सोह्र सहभागी समुह रहेको प्रतियोगितामा   गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्क अर्घाखाँचीबाट सहभागी भएका विद्यार्थी विप्लव आचार्य, सिन्धु खत्री र निश्चल केशीको समुह ले लुम्बिनी अन्चलका नामुद बोडिङ स्कुललाई पछाडि पार्दै लुम्विनी अञ्चल दोस्रो हुन सफल भएको बोडिङका प्रिन्सिपल गणेस क्षेत्रीले जानकारी दिनु भयो ।
प्रतियोगीहरुलाई नगद रु २०,००० (बीस हजार), प्रमाण पत्र र शिल्डबाट सम्मान गरिएको थियोे । साथै काठमाण्डौमा अवस्थित द टाईम्स इन्टरनेश्नल कलेजबाट कक्षा ११ र १२ को अध्ययनमा १०० प्रतिशत छात्रावृति र वुटवलमा अवस्थित मिराज इन्टरनेशनल एजुकेशन प्रा.लिमा व्रिज कोर्ष अध्ययनमा पूर्ण छात्रावृति प्रापत गर्न सफल भएको भन्दै बिधालयले उनिहरुलाई बधाई दिएको छ । 
गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कुलले जिल्लामा हुने सबै खालका कि्रियाकलापमा भाग लिने र अाफ्ने सिट जहिले पनि सुनिश्चित गर्ने गरेको छ । बोडिङमा झन्डै ९०० बिधार्थीहरुले अध्ययान गर्ने गर्छन ।