युवाबर्ष जनता रबिचित्र माबि सन्धिखर्कमा लैङ्गिक हिसां न्युनिकरण सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानको अबसरपारी सदरमुकाम सन्धिखर्कमा महिलाहरुको -याली ।

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची मंसिर १३ । लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियानको अबसरमा युवाबर्ष जनता रबिचित्र माध्यमिक बिद्यालय सन्धिखर्कले आज लैङ्गिक हिसां न्युनिकरण न्धिसम्ब अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालयका प्रध्यानध्यापक टेकराज आचार्यको अध्यक्षता,स्रोत ब्याक्ति नम बहादुर भाटको प्रमुख आतिथ्यता र शिक्षक बमलाल चौहानको संचालनमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले ब्यबहारमा परिबर्तन र सकरात्मक सोंच ल्याएमा मात्र लैङ्गिक हिसांको निर्मुल हुनेमा जोड दिनुभएको थियो ।
वहाँहरुले हिसां निम्त्याउने जो कसैलाइपनि कार्बाहिको दायरामा ल्याउनुपर्ने भन्दै समाजमा अझैपनि हिसां निम्त्याउने खालका कु-रितिहरु ब्याप्त रहेकोले गाउँ-गाउँमा सचेतना अभियान चलाउनुपर्ने तर्क गर्नुभएको थियो ।
कार्यक्रममा सम्पूर्ण बिद्यार्थीको तर्फबाट सन्देश वाग्ले र शिक्षकको तर्फबाट कमल जोशिले मन्तव्य राख्नुभएको शिक्षक शोभाकर वाग्लेले जानकारी दिनुभएको छ ।