पटौटी माघ मसान्त र मैदान बैसाख मसान्तसम्म पुर्ण सरसफाईयुक्त गाविस घोषणा गरिने

प्रेमनारायण आचार्य
पटौटी, अर्घाखाँची १४ मसिर । अर्घाखाँचीको पटौटी गाविसलाई आउदो माघ मसान्त सम्म र पटौटी गाविसलाई बैसाख मसान्त सम्म पुर्ण सरसफाई युक्त गाविस घोषणा गरिने भएको छ । 
पटौटी गाविसमा गाविस स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको लागि पुर्ण सरसफाई सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
   गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति पटौटीको आयोजना, फण्डबोर्डको सहयोग र लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरणमा पुर्ण सरसफाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । 
  कार्यक्रममा सहभागी भिवाससिसिका सदस्यहरुले सरसफाई सबैको सरोकार र महत्वपुर्ण विषय भएकोले सबैले हातेमालो गरेर सरसफाईको अभियान सञ्चालन गर्ने र  आउदो माघ मसान्त सम्म पुर्ण सरसफाई युक्त गाविस बनाउने प्रतिबद्धता जाहेर गरेको भिवाससिसिका अध्यक्ष तथा गाविस सचिव पशुपति पौडेलले बताउनु भयो । 
  स्वास्थ्य , धन, जीवन, इज्यत र प्रतिष्ठा संग जोडिएको सरसफाईलाई अगाडी बढाउन पुर्ण सरसफाईका पाच पलस एकका सुचकहरु पुरागरि पटौटीलाई सरसफाईमा जिल्लाकै नमुना गाविस वनाउन आउदो माघ मसान्त सम्म पुर्ण सरसफाई युक्त गाविस बनाउने घोषणा गरेको गाविसका सामाजिक परिचालक डेमबहादुर सार्कीले बताउनु भएको छ । 
   दुई दिने अभिमुखिकरण कार्यक्रमको लुम्विनी सामाजिक विकास केन्द्रका टिम लिडर हरि पौडेल, फोकल प्रसन कृष्ण प्रसाद पौडेल र सरसफाई अधिकृत प्रेम आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रमको समापन समारोहमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि दामोदर पोख्रेल, गाविस सभापति सालिकराम घिमिरे, एमालेका गाविस सचिव हरि घिमिरे, क्रान्तीकारी माओवादीका जिल्ला सह इन्चार्ज दुर्गा अधिकारी, माओवादी केन्द्रकि शुसिला भट्टराई, नँया शक्तिका तारा घिमिरे, द्यैराली माविका प्रधनाध्यापक टोमलाल घिमिरे लगायत, सामाजिक परिचालक डेमबहादुर सार्की लगायतले मन्तब्य राख्दै गाविसलाई सरसफाईमा नमुना बनाउन सबै क्षेत्रबाट लाग्ने प्रतिबद्धता जाहेर गरेका थिए । 
  त्यसै गरि मैदान गाविसमा गाविस स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको लागि पुर्ण सरसफाई सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
   गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति मैदानको आयोजना, फण्डबोर्डको सहयोग र लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरणमा पुर्ण सरसफाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । 
  कार्यक्रममा सहभागी भिवाससिसिका सदस्यहरुले सरसफाई सबैको सरोकार र महत्वपुर्ण विषय भएकोले सबैले हातेमालो गरेर सरसफाईको अभियान सञ्चालन गर्ने र  आउदो बैसाख मसान्त सम्म पुर्ण सरसफाई युक्त गाविस बनाउने प्रतिबद्धता जाहेर गरेको भिवाससिसिका अध्यक्ष तथा गाविस सचिव बालराम रायमाभिलले बताउनु भयो । 
  स्वास्थ्य , धन, जीवन, इज्यत र प्रतिष्ठा संग जोडिएको सरसफाईलाई अगाडी बढाउन पुर्ण सरसफाईका पाच पलस एकका सुचकहरु पुरागरि मैदानलाई सरसफाईमा जिल्लाकै नमुना गाविस वनाउन आउदो बैसाख मसान्त सम्म पुर्ण सरसफाई युक्त गाविस बनाउने घोषणा गरेको भिवाससिसिका सदस्य सचिव जगदिस घिमिरेले बताउनु भएको छ । 
   दुई दिने अभिमुखिकरण कार्यक्रमको लुम्विनी सामाजिक विकास केन्द्रका टिम लिडर हरि पौडेल  र सरसफाई अधिकृत प्रेम आचार्यले सहजीकरण गरेका थिए ।