विदेशमा रोजगारी गर्नेहरुबाट असुरकोट जोगिटारीकी मृगौला पीडितलाई आर्थिक सहयोग

अर्जुन भुसाल 
अर्घाखाँची  मंसिर १४ ।  दुबै मृगौला फेल भएकी  असुरकोट  जोगिटारी  हाल दाङ लमई ११ निवासी  ४५ वर्षिया  श्यामकला रोकालाई विभिन्न व्यक्तिहरुले उपचारका लागि  आर्थिक सहयोग गरेका छन् । 
युवराजकी आमा कुमारीले सहयोग रकम मृगौला पीडित श्यामकलाका छोरा महेशलाई हस्तान्तरण गर्दै: तस्बिर अर्जुन भुसाल 
इजायलमा रोजगारी गर्ने अर्घा बेलटारीका थापा युवराजको पहलमा संकलन भएको  २ लाख २१ हजार रुपैयाँ  हस्तान्तरण गरिएको छ  । सेवा नै धर्म हो अभियानका अभियान्ता युवराजले विभिन्न देशमा रोगजारी गर्नेहरुलाई सहयोग गर्न आग्रह गरेपछि  रकम संकलन भएको थियो । उनले आफूले समेत ४० हजार रुपैयाँ सहयोग छन् ।  मृगौला पीडित श्याकलाका छोरा महेश थापालाई युवराजकी आमा कुमारी थापा र श्रीमती कमला थापाले उक्त रकम हस्तान्तरण गरे । 
आर्थिक अभावले उपचार गर्न समस्या भएपछि पीडित परिवारले आर्थिक सहयोगका लागि याचना गरिरहेका छन् ।  मृगौला प्रयारोपण गर्न करिव १८ लाख रुपैयाँ खर्च लाग्ने भएपछि उनीहरु समस्यामा परेका हुन् । विदेशमा रोजगारी गर्नेहरुबाट २ लाख  २१ हजार सहयोगले उपचारका लागि ठूलो राहत मिलेको छोरा महेशले बताए ।  ‘मृगौला प्रत्यारोपण गर्न ठूलो खर्च लाग्ने भएको छ’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले अझै पनि सहयोगको अपेक्षा गरिरहेका छौं ।’ उनले रकम संकलन गरि सहयोग गर्ने युवराज लगायत सम्पूर्ण सहयोग दाताहरुलाई धन्यवाद दिए । श्यामकला पाँच महिना देखि उपचाररत छिन । उनको अहिले भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएपनि सहयोग रकम संकलन हुन थालेपछि रोकालाई बाच्ने आशा पलाएको छ । श्यामकलाका श्रीमानले घरयासी काम गर्छन । 
आर्थिक सहयोग उठाउन पहल गर्ने अर्घा बेल्टारिका युबराज थापा । तस्बिर: फेसबूकबाट
सहयोग गर्नेहरुको नामावली यसप्रकार छ्न :-
१)युबराज थापा :-४०,०००-(इज्राएल बाट )
२)अर्पण पान्डे :-७००० – दोहा कतार 
३)नारायण खड्का :-४०००-(गच्छेगैरा )
४) गोकुल टाइगर दाइ आचार्य :-५०००-(जापान )
५)हुम बहादु नेपाली :-३००० -मलेसिया 
६)किरण श्रेष्ठ :- ५०००-(बिहारह )
७)भेषराज मरासिनी :-२०००-(धरमपानी )
८)रमा श्रेष्ठ :-२७२७:-(इज्राएल )
९)वीर बहादुर गन्धर्व :-३०००- धरमपानी 
१०)ल्ब्ब्मुस्कान राजु घिमिरे :-५०००-आपखोला 
११)सागर ओलि :-५०००(आपखोला )
१२)बिष्णु चुदाली निस्च्ल :-३०००-दुबई 
१३)दामोदर लम्साल :-३००० -दुबई 
१४)रबिना थापा :-२०००-बेल्टारी 
१५)राम प्रासाद बेल्बासे :-३०००-दुबई 
१६)पुनाराम बेल्बासे :-६०००-दुबई 
१७)स्वाथी सेझ्वाल :-२७००- इज्राएल
१८)टिकाराम तिमिसिना :-२७००-इज्राएल
१९)केशब ढकाल :-५०००-साउदी अरेबिया 
२०)रेशम खत्री :-५०००-साउदी अरेबिया 
२१)राम ढकाल :-२०००-इज्राएल
२२)अन्कित मरासिनी :-२०००-उचल्धी
२३)दुर्गा उपाध्यक्ष :-२७००-इज्राएल
२४)कुशल चुदाली :- ५०००- धरम्पानी 
२५)लक्ष्मि श्रेष्ठ :-२७००-इज्राएल
२६)हिमराज भट्टराई :- १००५ – मेजर टोला 
२७)दिनेस खड्का :-२७००- इज्राएल
२८)सुदर्शन परियार :-३९००- मलेशिया 
२९)कृष्ण थापा :-५०००- बेल्टारी 
३०)कृष्ण बोली छेत्री :- २०००- ओमन 
३१)सुनिल कुमार :-३९००-मलेसिया 
३२)सागर प्रधान :-२७२७-इज्राएल
३३)सन्देश अत्री :-५०००- सन्धिखर्क 
३४)टिकाराम ओलि :-२१००- दुबई
३५)दावा शेर्पा :-४०५० – इज्राएल
३६)राजिब सुन्वार :-५०००- दुबई 
३७)बोदनाथ लामिछाने :-३०००- दुबई 
३८)कान्छा रबि(जगत बिक ) :-५०००-दुबई 
३९)तिलक पराजुली :-३०००-कुवेत 
४०) पुष्कर थापा :- ३५००- बेल्टारी 
४१)कृष्ण खनाल :- १५००-सन्धिखर्क देउराली मोबाइल 
४२)राज भुसाल :-६०००- दुबई 
४३)राज भुसाल दिनेस शर्मा र दिपक जिसि ज्युहरुको
पहलमा :-१०१८५ – दुबई 
४४)ओम जिसि :-२९००-कतार
४५)बिष्णु साही :-२९००- कतार 
४६)सालिकराम बेल्बासे :-१०००-साउदी 
४७)भेष राज छेत्री :-५०००-मलेसिया 
४८)किरण आचार्य को पहलमा :-१७६०६- जापान बाट 
४९)नमराज भुसाल :-१०००- मिनिकोट
५०)बिष्णु मल्ल :-५०००-दुबई 
५१)कमल निर्मल सोभित :-३०००-दुबई 
५२)बिष्णु पोख्रेल :-२०००-आयेरल्यान्ड 
५३)ॐ कृष्ण शाही:- ३५०० आपखोला 
सहयोग रकम पठाउन  तलको बैंक खाता यसप्रकार छ:-
बैंक  धनिको नाम :-KAMALA BHUSAL THAPA 
खाता संख्या :-0040050052581
बैंककको नाम :-MEGA BANK NEPAL LIMITED
साखा :-SANDHIKHARKA
मोबाईल नम्बर :-0097798467247152

अन्य समाचारहरु