अर्घाखाँचीका जनताहरु अान्दोलित

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राटुक्रा पारेको बिरोधमा अर्घाखाँचीका जनताहरु स्वतस्फूर्त अान्दोलित भएका छन ।
दलहरु अहिले पाँच नम्बर प्रदेश टुक्राएर सरकारले गम्भीर गल्ती गरेको बताउदै अान्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन। अाज सन्धिखर्क मा बसेको राजनीतिक दलहरु तथा सरोकारवाला तथा सर्बपक्षिय बैठकले अान्दोलनलाई निरन्तरता दिने निणय गरेका हुन । 
सन्धिखर्कमा बसेको सर्बपक्षिय बैठकले अान्दोलनलाई ब्यबस्थित गर्न भन्दै नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षतामा अान्दोलन परिचालन समिति गठन गरेको छ । जसको सदस्यमा नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्य नेकपा माअोबादी केन्द्रका संयोजक ठाकुर कुमार बिक राष्टिय जनमोर्चाका अध्यक्ष झबिलाल थापा लगायत अन्य पार्टीका प्रमुख अान्दोलनका सदस्य छन भने नेपाल पत्रकार  महासंघका सभापति अन्तरपार्टी महिला संजालका अध्यक्ष उधोग बाणिज्य संघका अध्यक्ष अान्दोलन सकृयका सदस्य रहेको नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो । उहाका अनुसार भोलि बिहान देखि बेलुका सम्म अर्को निणय नहुँदा सम्म अर्घाखाँची पूर्ण रुपमा बन्द रहने र सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउने निर्णय छिटोभन्दा छिटो फिर्ता लिनेमा अाफुहरु बिश्वस्त रहेको खनाले बताउनु भयो ।
पाँच नम्बर प्रदेश टुक्राउने सरकारले गरेको निर्णयको गाउँटोल वार्ड तथा बस्तिहरुमा ब्यापक सरकारको अालोचना भैईरहेको छ । सन्धिखर्कमा दिन भर स्थानिय जनताले प्रर्दशन गरे भने सरकारी कार्यालयमा पनि सेबा ग्राहि न्युन देखिएका थिए । कर्मचारी दिनभर सेबाग्राहि नअाएपछि घाम तापेर बस्न बाध्य भएका थिए । बन्दका कारण सदरमुकाम लगायत ग्रामीण ईलाकाहरुमा शिक्षण संस्था उधोग धन्दा कल कारखाना बजार पुर्ण रुपमा बन्द रहेका थिए ।
बन्दका कारण ब्यापारी केन्द्र ठाडा खन खनदह नरपानी बल्कोट केरुङगा नुवाकोट हटिया लगायतका सबै ठाउँमा बन्दको प्रभाब पूर्ण रुपमा परेको र भोलिदेखि बन्द अझ ससक्त हुने नेकपा एमालेका उपसचिब युबा नेता प्रेमनारायण गैरेले बताउनु भयो । 
अान्दोलनका कार्यक्रमहरु भने दैनिक रुपमा बस्ने अान्दोलन परिचालन समितिको बैठकले तय गर्ने निणय गरिएको काङ्ग्रेस सभापति बिष्णु प्रसाद मुस्कानले बताउनु भयो । अाज उधोग बाणिज्य संघ अर्घाखाँची तथा बिभिनन्न राजनीति दलहरुको समर्थनमा बन्दको अाभान गरिएको थियोे । बन्दका बेला एम्बुलेन्स दुधका गाडि प्रेस कुटनैतिक नियोगका गाडिहरुलाई छुट दिऐको छ। अान्दोलनमा होमिनका लागि अान्दोलन परिचालन समितिले जिल्लाबासीहरुलाई अाहवान  गरिएको छ।