अर्घाखाँचीमा आन्दोलनलाई अझ चक्राउने निर्णय, संयुक्त संषर्घ समिति गठन


अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची मंसिर १५ । सरकारले जनभावना विपरित प्रदेश विभाजन गरेको भन्दै   जिल्लाका  सबै राजनीतिक दलहरु आन्दोलन गर्ने विषयमा  सहमत भएका  छन् । उनीहरुले संयुक्त संघर्ष समिति गठन गरि  आन्दोलनलाई चक्राउने निर्णय  गरेका छन् ।
नेपाली कांग्रेका सभापति विष्णु प्रसाद खनाल मुस्कानको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रका संयोजक ठाकुर कुमार विक किशोर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष भविलाल थापा, नयाँ शक्ति नेपाल पार्टीका गोकर्ण थापा, परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,  पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष शुसिला गैरे  रहका छन् ।
अर्घाखाँचीमा केही दिन देखि आन्दोलन जारी छ ।
नेपाली कांग्रेसका सभापति तथा संघर्ष समितिका संयोजक मुस्कानले पार्टी संविधान संसोधनको पक्षमा उभिएपनि आफूहको चाहाना तराइका जिल्लासँग अलग नरहने रहेको  भन्दै आन्दोलनलाई सशक्त पार्दै लैजाने बताए ।
नेकपा एमालेका अध्यक्ष आचार्यले आजको बन्दको आव्हान उद्योग वाणिज्य संघले गरेपनि अबको बन्दको नेतृत्व संयुक्त संघर्ष समितिले गर्ने बताए ।
नेकपा माओवादी केन्द्रका संयोजक विकले पार्टीका प्रभावशाशी नेता टोपबहादुर रायमाझीले संविधान संसोधनको बिपक्षमा  रहेकाले आफूहरु पनि रायमाझीको पक्षमा रहेको बताए ।