प्रदिप सूर्यवंशी
मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मैदानमा बाटो विस्तारको लागि सामूहिक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मैदान ९ भर्तापुर जनजागृति युवा मञ्च अर्घाखाँचीले खुर्सानेबाट धोर्पातन बाटो भर्तापुर मसिना बिस्तार गरि हल्दे जोड्ने योजना विषयमा भर्तापुर माझटोलको प्रतिक्षालयमा सामूहिक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
सम्पन्न कार्यक्रमले उक्त टोलमा विभिन्न व्यक्तिहरुलाई समाबेस गरी नयाँ समिती चयन गरेको छ ।
समितीमा सचिव तुल वहादुर सूर्यवंशी, जनजागृति युवा मञ्चका कोषाध्यक्ष ठाकुर रोकाहा, यसैगरि स्वतंत्र पत्रकार संघको जिल्ला सदस्य “प्रदिप सूर्यवंशी(भुम)” लगायत रहेका छन् ।
कार्यक्रममा गाऊँका स्थानीय वासिन्दा र विभिन्न राजनिक दलका प्रतिनिधिक साथै करिव ४० जना महिलाहरुको पनि उपस्थित रहेको थियो । साथै खुर्साने देखि हल्दे सम्म वाटो जोडियो भने यहि भर्तापुरमा तरकारी खेतीवाट र अन्य रोजगारवाट पनि विशेष लाभ लिन सक्ने स्थानिय किसान मन वहादुर गाहाले जानकारी दिनुभएको छ।