अर्घाखाँचीमा एकादशीको साँझ एक महिलालाई करणी गर्ने ४ जनालाई पुर्पक्षका लागि जेल चलान

जिल्ला कारागार अर्घाखाँची, सन्धिखर्क ।
सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अदालतले अपहरण तथा शरिर बन्धक बनाई जबरजस्ती करणी सम्बन्धित मुद्दा का ४ जना अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने अादेश दिदै जिल्ला कारागार अर्घाखाँचीमा जेल चलान गरेको छ ।
जिल्ला अदालतका जिल्ला न्यायधिस केसब प्रसाद बास्तोलाको एक्कल ईज्लासले सन्धिखर्क बस्ने भरत भुसाल, बिनोद थापा, राज भन्ने केशरी नन्दन, अग्रहरि राजेष मिश्रलाई अदालती बन्द बस्तिको ११८ को देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने अादेश दिएको जिल्ला अदालतका सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनु भयो ।
ति ब्यक्तिहरुलाई गएको एकादशीको साँझ नाम परिबर्तित एक महिलालाई जबरजस्ती करणी गरेको अारोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अदालतमा मुद्दा दायर गरेको थियोे । सरकारी वकिलले उनिहरुलाई हदैसम्मको कार्बाहि माग गरि अदालतमा बहस गर्नु भएको थियोे ।
सन्धिखर्कमा बस्ने ४ जना युबा एकैचोटी जबर्जस्ती करणीमा पुर्पक्षका लागि थुनामा गएका हुन । 
जिल्ला कारागार अर्घाखाँची Arghakhanchi jail  prison place of detention