अर्घाखाँचीमा पुन: अनिश्चितकालिन बन्द, पुरा जिल्ला ठप्प, जनजीवन अस्तव्यस्त

अर्घाखाँचीमा अनिश्चितकालिन बन्द जारी छ । 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सरकारले ५ नम्बर प्रदेश टुक्राएर सरकारले संविधान संशोधन प्रस्ताव विधेयक संसदमा दर्ता गरेको विरोधमा आज शनिबार देखि पुन: अर्घाखाँचीमा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
हिजो शुक्रवार प्रदेश नम्वर ५ टुक्रयाएको विरोधमा बुटवलमा भएको भेला एवम भव्य विरोध प्रर्दशनका लागि भन्दै एक दिनको लागि बन्दका सबै कार्यक्रम स्थगित गरेपछि अर्घाखाँची जिल्लाभरका सबारी साधन लगायत सम्पुर्ण पसल, क्याम्पस, बिधालय, कल कारखाना लगायत सम्पूर्ण खुलेका थिए । 
अान्दोलनले अर्घाखाँचीमा ठुलो प्रभाब पारेको छ । अान्दोलन गर्ने गाउँहरुबाट समेत जनताहरु अाउने र अान्दोलनमा सहभागी हुने गरेका छन ।
बन्दलाई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र विभिन्न संघ संस्थाहरुले ऐेकवद्धता जनाएका छन् । बन्दका कारण सवारी साधन पसल, शिक्षण संस्था उद्योगधन्दा पूर्ण रुपमा बन्द भएका छन् ।