बन्दले अर्घाखाँचीको जनजिवन प्रभावित, संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम घोषणा (फोटोहरु )

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध अर्घाखाँचीमा विहान ८ बजेदेखी प्रदर्शन शुरु भएको छ । जिल्ला बन्दका कारण यातायात, बजार, कलकारखाना बन्द  भएका छन ।
दुई दिन बुधवार, विहिवार दिन लगातार भएको बन्द पछि शुक्रवार सामान्य चहलपहल बढेको सदरमुकाम सन्धिखर्क सहित ग्रामिण क्षेत्रमा फेरि शनिबारको बन्दले जनजिवन प्रभावित भएको हो । 
उता शनिवार विहान बसेको सङघर्ष समितीको बैठकले  १८ गते आमहडताल ३ बजे जुलुस प्रदर्शन, १९ गते ८ बजे देखि ३ बजेसम्म आमहडताल, जुलुस, कोणसभा  २० गते बिहान ११ बजेदेखी ४ बजे सम्म मात्र हडताल, सदरमुकाम सन्धिखर्कमाा रहेको टुडिखेलमा विशाल आमसभा, गाउँ गाउँ बाट विभिन्न नारासहित जुलुस, विखलय क्याम्पस मात्र खुल्ने निर्णय गर्दै आन्दोलन व्यवस्थीत गर्न प्रत्येक पार्टीका युवा संगठन बाट १०/१० जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको सङघर्ष समितीका अध्यक्ष विष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिए । 
प्रर्दशन सभामा पार्टीको झण्डा प्रयोग गर्न नपाईने तर नेपालको राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न पाईने उनले जानकारी दिए ।

अन्य समाचारहरु