मेरो घर वुटवल
मेरो पुर्खाको घर पाल्पा
मेरो मावल गुल्मी
वुवाको मावल अर्घाखाँची
तर
मेरो ससुराली भैरहवा
किनभने म पहाडी भएर पनि
मधेसीसंग विहे गरेको छु
दशैंमा ससुराली मधेषमा मनाउँछु
तिहार मान्न पहाड जान्छु
यज्ञ जात्रा हुँदा,
मेरो घरमा
गुल्मीवाट आउँछन् आफन्तीहरु
पाल्पावाट झर्छन् इष्टमित्रहरु
र अर्घाखाचीवाट पाहुनाहरु
अथवा भनुँ
मेरो घरको आगँनमा
मधेष पनि हुन्छ, पहाड पनि हुन्छ
वुटवल, भैरहवा मधेस हुन्
पाल्पा,गुल्मी,अर्घाखाची पहाड हुन्
तर म बाँधिएको छु
रुपन्देहीमा पनि, पाल्पामा पनि
गुल्मीमा पनि, अर्घाखाचीमा पनि
अथवा भनुँ
तराइ र पहाड दुवैमा ।
***
मेरो पेशा व्यापार
म पाल्पावाट सब्जी मगाउँछु
वुटवलमा बेच्छु
भैरहवाबाट कपडा मगाउँछु्
अर्घाखाचीमा बेच्छु
गुल्मीवाट कफी मगाउँछु
भैरहवाको बजारमा वेच्छु
मधेषको चामल पहाड पुग्छ
पहाडको तरकारी तराई
तराइका व्यापारि पहाड चहार्छन्
पहाडका व्यापारि तराई
सम्वन्ध आगाध छ
साइनो अटुट छ
दरार आएको छैन
बस् दरार त अव ल्याउन खोजिदैछ
सरकारवाट
हो सरकार
कसलाई सोधेर अलग गर्न लागेको यी जिल्ला ?
***
वुटवलवासीको तिर्खा मेटाउन
पाल्पावाट तिनाउ झरेको छ
चिसो बतास लिएर त्यही नदी
भैरहवाको सुख्खा खेतहरु भिजाउँछ
र त उब्जन्छन् अन्नहरु
मधेसमा ।
अनि
भैरहवावासी मधेसी बन्धुहरु
आफ्नो उत्पादन लिएर
पुग्छन् पहाडी जिल्लाहरु
र त उपभोग गर्न पाउछन्
पहाडीहरु ।
पुर्खाको सम्बन्ध छ
पानिको सम्बन्ध छ
उत्पादनको सम्बन्ध छ
व्यापारको सम्बन्ध छ
अथवा भनुँ
सम्बन्ध पत्र पत्रमा छ
यी जिल्लाहरुबिच ।
तर यही अक्षुण सम्बन्ध धमिल्याउन किन खोजेको ?
भन सरकार, कसलाई सोधेर
अलग गर्न लागेको यी जिल्ला ?
***
वुटवलका मान्छेहरु भाकल गर्छन्
र पुग्छन् सुपादेउराली
जुन अर्घाखाचीमा छ
पाल्पालीहरु
सिद्धवावा दर्शन गर्न
वुटवल झर्छन्
अनि
वुटवलवासीहरु
माघे सक्रान्तिमा स्नान गर्न
रिणीसम्म पुग्छन्
जुन गुल्मीमा छ
पहाडीहरु सवै घुम्न आउँछन् लुम्विनी
जुन मधेसमा छ
तर
यति मिलेर बसेको भूगोल
यतिधेरै स्नेहले बाधिएको क्षेत्र
म बसेको थातवासको सिमाना कोर्ने
तिमी को हौ ?
हो सरकार तिमी को हौ ?
काठमाडौंमा बसेर मेरो जिल्ला चिर्ने
तिमी कोहौ ?
म बसेको पुर्खौदेखीको थातवास
मेरो स्वीकृतिविना
मनलागी सिमाना कोर्न
तिमीलाई कस्ले आज्ञा दियो ?
न मेरा प्रतिनिधि खुसी छन्
न यहाँबस्ने बासिन्दा