अर्घाखाँचीमा अान्दोलन झन चर्कियो, २० गते सन्धिखर्कमा २०६२ /२०६३ को भन्दा ठुलो जनसागर अोराल्ने

सुर्य प्रसाद भुसाल / दिपक कार्की
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरे लगत्तै अान्दोलनमा उत्रिएका जनताहरु दिन प्रति दिन अाक्रोसित हुदै गएका छन भने अान्दोलन चर्किदै गएको छ । सन्धिखर्कमा बसेको संयुक्त अान्दोलन सङघर्ष समितिको बैठकले थप अान्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
अान्दोलन परिचालन समितिका सभापति एबम नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षतामा शनिबार बसेको अान्दोलन परिचालन समितीको बैठकले अागामि २१ गते सम्मका लागि अान्दोलनका कार्यक्रम सार्वजनिक गरेको संयोजक बिष्णु प्रसाद खनाल मुस्कानले डटकमलाई जानकारी दिनु भयो ।
शनिवार सदरमुकाममा ।
सार्वजनिक गरिएका अान्दोलनका कार्यक्रम अनुसार शनिवार दिउसो ३ बजे सदरमुकाममा जुलुस प्रदर्शन गरिएको छ भने बन्द यथाबत राखिएको छ बिहान ८ बजेदेखि गरिएको बन्द दैनिक ५ बजे खुला गरिने छ ।
त्यस्तै १९ गते बिहान ८ बजेबाट अाम हड्ताल दिउसो ३ बजेसम्म जारी रहने र त्यसपछि बजार ३ बजे पछि सुचारु हुने छ। दिउँसो कोणसभा जुलुस समेत गरिने अान्दोलन परिचालन समितिका संयोजक बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।
त्यस्तै अागामि २० गते सन्धिखर्कमा बिशाल जनसभा गरिने छ । जनसभामा गाउँ गाउँ बस्ति बस्ति वार्ड टोलहरुबाट सदरमुकाममा जनसागर उतारिने छ । पाँच नम्बर प्रदेशलाई फुटाउने सरकारको निर्णयलाई घुडा टेकाउनका लागि २०६२ /२०६३ मा भन्दा बढि जनताहरु स्तस्फुर्त रुपमा सन्धिखर्क अाउने र अान्दोलन उत्कर्षमा पुग्नेमा अाफुहरु बिस्वस्त रहेको अान्दोलन परिचालन समितिले अपेक्षा गरेको छ।
२० गतेको जनसभा बिहान ११ बजेबाट सुरु भई दिउसो ४ बजे समापन हुनेछन । २० गते सम्म अामहड्ताल जारिरहने छ भने सोहि दिन जनताहरुका बिचमा थप अान्दोलनका कार्यक्रम घोषणा गर्ने सङघर्ष समितिले निणय गरेको छ । २१ गतेबाट जिल्ला स्थित शिक्षण संस्थाहरु सुचारु गर्ने सघर्ष समितिले निर्णय गरेको नेता मुस्कानले बताउनु भयो । २१ गते सम्म अर्घाखाँची बन्द यथाबत रहेको छ । बन्दमा जुलुस लिएर हजारौं युबाहरु सडकमा उत्रिएका छन।
सन्धिखर्कमा प्रर्दशन ।
साथै राजनीतिक दलका झन्डा हरु २० गते हुने बृहत सभामा निषेधित गरिएको छ सो दिन राष्ट्रिय झन्डा मात्र प्रयोग गरिने अान्दोलन परिचालन समितिले जनाएको छ । अान्दोलनलाई ब्यबस्थित गर्न प्रत्यक पार्टीबाट १० /१० जना युबा सयमसेबक परिचालन गर्ने निणय भएको छ ।  अामसभा टुडिखेलमा ब्यबस्था मिलाउने जिम्मा उधोग बाणिज्य संघलाई दिएको अान्दोलन परिचालन समितिका अध्यक्ष काङ्ग्रेस सभापति बिस्नु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।
सन्धिखर्कमा प्रर्दशन ।
त्यस्तै गाउँ गाउँमा पनि अान्दोलन चर्किएको छ बल्कोट केरुङङा छत्रगन्जमा पनि नाराजुलुस प्रर्दशन गरिएको काङ्ग्रेस युवा नेता पिताम्बर खनालले जानकारी दिनु भयो ।
बल्कोटमा ।
शनिवार पनि सन्धिखर्कका बिभिन्न चोक चोकहरुबाट जुलुस पर्दर्शन गरिएको थियोे । भने शान्ति बगैचामा कोणसभा मा परिरत भएको थियोे । जुलुसमा सबै पार्टीका नेताहरु कार्यकर्ता ब्यापारी नागरिक समाज सबैको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका का केन्द्रीय सदस्य झबिलाल थापा नेकपा माअोबादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बिक नेकपा एमालेका सचिब राम बहादुर चौहान काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान लगायतले सम्बोधन गरेका थिए ।
सन्धिखर्कमा प्रर्दशन ।