बन्दले सन्धिखर्कका गल्लीहरु केटाकेटी लागि खेल्ने मैदान

सुर्य प्रसाद भुसाल  
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । दिनहु जसो बन्द भएपछि सदरमुकाम सन्धिखर्कका गल्लीहरु अहिले केटाकेटीलाई  क्रिकेट, ब्याडमिन्टन खेल्ने मैदान भएका छन ।
सदरमुकाममा अहिले बन्दका कारण गाडीहरु सन्चालन नभएपछि र बजार नखुलेपछि साना-साना बच्चाबच्चीहरु खेल्ने मैदान जस्तो बनेको हो ।
सदरमुकाम लगायतका सबै ग्रामिण ईलाकाहरुमा पनि केटाकेटीहरुले साईकल सिक्ने खेल खेल्ने ठाउँ बनाएका हुन। बन्दका कारण केहिदिन देखि बिधालयहरु बन्द भएपछि बिधार्थीहरुले निकै जाति मानेर खेलकुदलाई तिब्रता दिएका हुन ।
सधैं जसो टुडिखेलमा खेल्ने केटाकेटीहरु अहिले गल्लिका चोकहरुमा खेल्ने गरेका छन् । 

अान्दोलन चर्किदै, २० गते सन्धिखर्कमा २०६२ /२०६३ को भन्दा ठुलो जनसागर अोराल्ने
उता सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरे लगत्तै अान्दोलनमा उत्रिएका जनताहरु दिन प्रति दिन अाक्रोसित हुदै गएका छन भने अान्दोलन चर्किदै गएको छ । सन्धिखर्कमा बसेको संयुक्त अान्दोलन सङघर्ष समितिको बैठकले थप अान्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका अान्दोलनका कार्यक्रम अनुसार शनिवार दिउसो ३ बजे सदरमुकाममा जुलुस प्रदर्शन गरिएको छ भने बन्द यथाबत राखिएको छ बिहान ८ बजेदेखि गरिएको बन्द दैनिक ५ बजे खुला गरिने छ ।
त्यस्तै १९ गते बिहान ८ बजेबाट अाम हड्ताल दिउसो ३ बजेसम्म जारी रहने र त्यसपछि बजार ३ बजे पछि सुचारु हुने छ। दिउँसो कोणसभा जुलुस समेत गरिने अान्दोलन परिचालन समितिका संयोजक बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।
त्यस्तै अागामि २० गते सन्धिखर्कमा बिशाल जनसभा गरिने छ । जनसभामा गाउँ गाउँ बस्ति बस्ति वार्ड टोलहरुबाट सदरमुकाममा जनसागर उतारिने छ । पाँच नम्बर प्रदेशलाई फुटाउने सरकारको निर्णयलाई घुडा टेकाउनका लागि २०६२ /२०६३ मा भन्दा बढि जनताहरु स्तस्फुर्त रुपमा सन्धिखर्क अाउने र अान्दोलन उत्कर्षमा पुग्नेमा अाफुहरु बिस्वस्त रहेको अान्दोलन परिचालन समितिले अपेक्षा गरेको छ।
२० गतेको जनसभा बिहान ११ बजेबाट सुरु भई दिउसो ४ बजे समापन हुनेछन । २० गते सम्म अामहड्ताल जारिरहने छ भने सोहि दिन जनताहरुका बिचमा थप अान्दोलनका कार्यक्रम घोषणा गर्ने सङघर्ष समितिले निणय गरेको छ । २१ गतेबाट जिल्ला स्थित शिक्षण संस्थाहरु सुचारु गर्ने सघर्ष समितिले निर्णय गरेको नेता मुस्कानले बताउनु भयो । २१ गते सम्म अर्घाखाँची बन्द यथाबत रहेको छ । बन्दमा जुलुस लिएर हजारौं युबाहरु सडकमा उत्रिएका छन।
                                                                                                                              सन्धिखर्कमा प्रर्दशन । 
साथै राजनीतिक दलका झन्डा हरु २० गते हुने बृहत सभामा निषेधित गरिएको छ सो दिन राष्ट्रिय झन्डा मात्र प्रयोग गरिने अान्दोलन परिचालन समितिले जनाएको छ । अान्दोलनलाई ब्यबस्थित गर्न प्रत्यक पार्टीबाट १० /१० जना युबा सयमसेबक परिचालन गर्ने निणय भएको छ ।  अामसभा टुडिखेलमा ब्यबस्था मिलाउने जिम्मा उधोग बाणिज्य संघलाई दिएको अान्दोलन परिचालन समितिका अध्यक्ष काङ्ग्रेस सभापति बिस्नु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो । 
शनिवार सदरमुकाममा ।