सूर्य मावी गोखुङ्गाको ५७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न (फोटोहरु )

श्याम घिमिरे
गोखुङ्गा, अर्घाखाँची मंसिर १९ ।  सूर्य माध्यमिक बिद्यालय गोखुङ्गा ७ सिमेदेउरालीको ५७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस एक कार्यक्रमको आयोेजना गरी सम्पन्न भएको छ ।
बार्षिकोत्सब कार्यक्रमा प्रमुख अतिथिको रुपमा  मनतब्य राख्दै  हंसपुर स्रोतकेन्द्रका स्रोतब्यक्ती रिमप्रसाद पंन्थीले गुणस्तरीय शिक्षा आजको पहिलो आबस्यकता भएकोे भन्दै सबै मिलि यसको कार्यान्वयन गर्नु पर्ने बताउनु भएको थियो । शिक्षा क्षेत्रलाई माथी उठाउनको लागी सबै क्षेत्रको महत्वपूर्ण  भूमिका  रहेको भन्दै पन्थीले शिक्षामा आमुल परीवर्तन गर्न सबै ब्यक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । 
कार्यक्रममा सिद्वार्थ मा.बि हंसपुरका प्रधानाध्यापक नुदराज अधिकारी,सूर्य माध्यमिक बिद्यालयका भू.पु प्रधानाध्यापक कमलप्रसाद घिमिरे,हरीतिला अक्षयकोषका संयोजक कृष्णप्रसाद खनाल,नेपाली काँग्रेसका प्रतिनिधि कबीराम पौडेल,नेकपा एमालेका बिष्णुप्रसाद पौडेल,नेकपा माओबादी केन्द्रका पदम क्षेत्री,राष्ट्रीय जनमोर्चाका मुमाराम खनाल,नेकपा माओबादी क्रान्तिकारीका ईस्वरी पन्थी र गाबिस स्थीत सम्पूर्ण बिद्यालयको तर्फबाट सरस्वती आधारभूत बिद्यालय पस्लेङ्गका शिक्षक कृष्णप्रसाद पौडेल लगाएतले बार्षिकोत्सब समारोह को अबसरमा शुभकामना दिदै बिद्यालयको उत्तरउत्तर प्रगतीको कामना समेत ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा करिब चालीस बर्ष सम्म शिक्षण पेसामा रही सेबाबाट अबकास हुनुभएका सोहि बिद्यालयका सेबानिबृत भू.पु प्रधानाध्यापक कमलप्रसाद घिमिरे लाई उहाँको कार्यकालको उच्च मूल्याङ्कन गर्दे प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरीएको थियो । त्यसैगरी बिद्यालयले हरीतिला अक्षयकोषका संयोजक कृष्णप्रसाद खनाल लाई समेत प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरेको थियो । 
शिक्षक अभिभावक संघका अध्यक्ष नरेन्द्र प्रसाद खनालको अध्यक्षता शिक्षक तोयनाथ पौडेलको स्वागत मन्तब्य र शिक्षक कृष्णप्रसाद पौडेलको सन्चालनमा सम्पन्न कार्यक्रमा बिद्यालयका प्रधानाध्यापक डुकप्रसाद पौडेलले आ.ब २०७२-०७३ को आय-ब्यय र शैक्षिक गतिबिधी को बारेमा जानकारी समेत दिनुभएको पत्रकार श्यामप्रसाद घिमिरेले खबर पठाउनु भएको छ ।