अर्घाखाँचीमा बन्दका कारण सरकारी कार्यालय सुनसान, मालपोत कार्यालयमा बन्दको फाईदा लिदै

Image result for मालपोत अर्घाखाँची
मालपोत कार्यालय । फाइल तस्बिर 

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा बन्द शुरु भएको दिन देखि सरकारी कार्यालयहरु सुनसान हुदै गएका छन ।
कर्मचारीहरु कार्यालयमा उपस्थित रहेपनि सेबाग्राहि गाउँबाट सदरमुकाममा सेबा लिन अाउन छाडेका छन । गाउँमा गाडिहरु नजाने तथा अाएपनि बजारमा काम नहुने गरेका कारण सेबाग्राहि गाउँबाट सदरमुकाम अाउन छाडेका हुन । अत्ति अाबश्यक र बिरामी बाहेक सदरमुकाम अाउनेको संख्या न्युन छ ।
कर्मचारीहरु कार्यालयमा त अाउछन सेबाग्राहि नअाएपछि दिन भर कार्यालय कुर्ने घाम ताप्ने र डिउटी पुरा गरि घर जाने बाहेक अरु सेबाग्राहि देखिदैन ।
जिल्लाका सबै सरकारी कार्यालयको अनुगमन अाईतबार गर्दा कुनै कार्यालयमा सेबाग्राहिको उपस्थिति देखिएन फाट्टफुट्ट काम लिएर अाउनेले सहजै काम सम्पन्न गरेर जाने गरेका छन तर कार्यालयमा सेबाग्राहिको भिड देखिदैन तर कर्मचारी अान्तरिक अपिसको काममा ब्यस्त छन ।
बन्दका बेला सबै कार्यालयमा कार्यालय प्रमुख र कर्मचारीहरु अनिवार्य उपस्थित हुने गरेको देखिन्छ । बन्द दिन प्रतिदिन अनिश्चित हुदै गएपनि बिधालयहरु अागामी २१ गतेबाट सुचारु गर्ने निर्णय गरिएको सङघर्ष समितिका अध्यक्ष तथा काङ्ग्रेस सभापति बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो । बिधालयहरुमा २१ गतेबाट स्थगित भएका परिक्षा सुचारु गरिने भएको छ ।
मालपोत कार्यालयमा बन्दको फाईदा लिदै 
यता जिल्ला मालपोत कार्यालयमा  सेवाग्राही नआएपछी सो मौका छोपेर मालपोतले कार्यालय भबन, कोठा, झ्याल, ढोका, रंङरोगन गर्नुको साथै बेलाबेलामा संशोधन हुने राजस्व दर, नागरिक बडापत्र लेख्ने र रजिस्टेशन पासगरेका कागजात ब्यबस्थित गर्ने ( बेन्डीङ गर्ने ) काम सुरु गरेको छ ।
कार्यालय प्रमुख लोक कुमार कार्कीका अनुसार अनिश्चित जिल्ला बन्दले सेवाग्राही कम भन्दा कम आउने भएकोले कार्यालयको भौतिक ब्यबस्थापन गर्न लागिएको बताउनु भयो । भबन बनेको झन्डै ११ बर्षमा बल्ल रङरोगन गर्न लागिएको र नगरपालिका ले बजेटको ब्यबस्था गरेको जानाकारी दिनुभयो । 
अन्य कार्यालयमा पनि बिभिन्न खालका रचनात्मक काम गरि अपिसका अान्तरिक काममा ब्यस्त हुने गरेको कार्यालय प्रमुखहरु बताउछन । अन्य समयमा फिल्ड जाने कर्मचारीहरु समेत बन्दका कारण अपिसमा बसेपछि कर्मचारीहरुको भिडभाड प्राबिधिक कार्यालयहरुमा देखिने गरेको छ ।
आज सोमबार भएको बिशाल जनसभाका लागि गाउँ गाउँ बस्ति बस्ति टोल टोलबाट स्थानिय सन्धिखर्कमा झरेका स्थानिय अगुवाहरुले बताएका छन ।