सन्धिखर्कमा बिशाल जनसभा सम्पन्न, ५ नम्बर प्रदेशलाई कुनै पनि हालतमा टुक्राउन नदिने शिर्ष नेताहरुको उद्घोष (भिडियो, फोटोहरु )


सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पाँच नम्बर प्रदेशलाई कुनै पनि हालतमा बिभाजन हुन नदिने शिर्ष नेताहरुले अर्घाखाँचीको टुडिखेलमा  उद्घोष  गरेका छन।
सन्धिखर्कको टुडिखेलमा भएको बृहत जनसभा बोल्दै पाँच नम्बर प्रदेश टुक्राउने कसैसँग तागत नभएको चेताबनी दिएका हुन।
सन्धिखर्कमा  भएको बिशाल सभालाई सम्बोधन गर्दै नेकपा एमालेका युवा नेता तथा सासद डाक्टर दुमन सिह थापाले तराई  पहाड अलग गराउने सरकारको निर्णय कुनै हालतमा सफल नहुने बताउदै अान्दोलनको अाधिबेरिबाट सरकारले संसदमा दर्ता गरेको प्रस्ताव असफल पार्ने चेताबनी दिनु भयो । उहाले बिबादै नभएको ५ नम्बर प्रदेशमा सरकारले फुटालेर जनता सडकमा ल्याउनु सरकारको लापरबाहि भएको बताउदै अान्दोलनमा साथ दिनका लागि सबै जनसमुदायलाई अपिल गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाले  सरकारले हावाका तालमा जनता बिरोधी प्रस्ताब रातिमा गएर संसदमा दर्ता गरेको अारोप लगाउनु भयो ।
कार्यक्रममा नेकपा माअोबादी केन्द्रका नेता चन्द बहादुर खड्काले  तराईबाट पहाडी जिल्ला अलगाउने निर्णय अाफुहरुलाई मान्य नहुने बताउदै सरकाले ल्याएको स‌ंविधान स‌ंशोधन कुनै हालतमा पासहुन नदिने बताउनु भयो । उहाले जनताको भाबना बिपरित सरकारले गलत काम गरेको बताउदै स‌ंविधान स‌ंशोधन प्रस्ताब फिर्ता लिन सरकारलाई अाग्रह गर्नु भयो । खड्काले अाफु जनताको भाबना भन्दा बाहिर गएर कुनै काम गर्न नसक्ने बताउदै जनताको चाहान बिपरित कार्य नगर्न प्रधानमन्त्रीलाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता कमल प्रसाद भुसालले  सरकाले ल्याएको स‌ंविधान स‌ंशोधन प्रस्ताब हावाका भरमा अाएकोले धेरै दिन टिक्न नसक्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले तराई पहाड अलग गर्ने भारतिय दलाालको ईसाराका भरमा कठपुतली सरकारले प्रस्ताब ल्याएको बताउदै जनताको निर्णायक अान्दोलनले यसलाई प्ररास्त गर्ने बताउनु भयो । उहाले तराईको र पहाडको सम्बन्ध सरकाले छुट्टाउन खोजेको अारोप लगाउदै अान्दोलनमा होमिन अाग्रह गर्नु भयो ।
कार्यक्रममा नयाँ शक्ति पार्टीका नेता यमुना भुसाल, परिबार दलका अध्यक्ष डिल्लिराज भुसाल, उधोग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ नेपाल पत्रकार महासंघका सभापति सोभाखर पन्थि अन्तरपार्टी महिला संघका अध्यक्ष सुसिला गैरे लगायतले ५ नम्बर प्रदेश कुनै पनि हालतमा टुक्राउन नदिने चेतावनी दिनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति शान्ता भन्डारी, सचिब छबिलाल पौडेल, बिष्णु भुसाल, नेकपा एमालेका उपाध्यक्ष जिबनारायण कोईराला, सचिब राम बहादुर चौहान, उपसचिब प्रेमनारायण गैरे, नेकपा माअोबादी केन्द्रका संयोजक ठाकुर कुमार बिक, सहसंयोजक छमकुमारी खनाल, नेकपा मसालका प्रवक्ता थम्मन केसी, नेकपा मालेका सचिब केदार बेल्बासे लगायतले कार्यक्रममा सक्रिय सहभागीता जनाउदै ५ नम्बर प्रदेश कुनै हालतमा टुक्राउन नदिने चेतावनी दिनु भयो ।
कार्यक्रम सङघर्ष समितिका संयोजक तथा नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षता जनमोर्चाका नेता झबिलाल थापाको सन्चालन नयाँ शक्तिका नेता  खिम बहादुर बिकको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे ।
कार्यक्रममा हजारौं जनसमुदायको उपस्थिति रहेको थियोे ।