सन्धिखर्कमा सोमबार बिशाल जनसभा आयोजना गरिएको थियो ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सरकारले ५ नम्वर प्रदेशलाई टुक्रयाउने गरि संविधान संशोधन विधेयक दर्ताको विरोधमा अर्घाखाँची जिल्लामा अनिश्चतकालीन बन्दका कारण स्थगित भएको अर्ध बार्षिक परिक्षा भोली मंगलवारबाट पुन: सञ्चालन हुने भएको छ ।
जिल्लामा सन्चालन अर्ध बार्षिक परिक्षा अनिश्चतकाालीन बन्दका कारण सोमबार सम्म रोकिएको थियो । परिक्षा क्रमश भोलि मंगलबार, बुधबार र बिहिबार सञ्चालन हुने भएको सङघर्ष समितीका अध्यक्ष विष्णु प्रसाद खनाल मुस्कानले बताए ।
अर्घाखाँचीमा २५ गते सम्म बन्दका कार्यक्रम स्थगित गरिएको छ ।