अर्घाखाँचीमा बन्दका कार्यक्रम पुन: मंसिर २५ गते सम्मको लागि स्थगित

( पहिलो प्रकासित मिती: २०७३ म‌सिर २०, सोमवार)
सन्धिखर्कमा सोमबार बिशाल जनसभा आयोजना गरियो । 
प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सरकारले ५ नम्वर प्रदेशलाई टुक्रयाउने गरि संविधान संशोधन विधेयक दर्ताको विरोधमा अर्घाखाँची जिल्लामा घोषणा गरिएको अनिश्चतकाालीन बन्दका कार्यक्रम पुन: मंसिर २५ गते सम्मको लागि स्थगित भएको छ । 
सङघर्ष समितीका अध्यक्ष विष्णु प्रसाद खनालका अनुसार अर्घाखाँचीमा २५ गते सम्म सम्पुर्ण शैक्षिक संस्था, कलकारखाना, बजार र यातायातका सम्पुर्ण साधन सुचारु हुनेछन् । 
सन्धिखर्कमा सोमबार बिशाल जनसभा आयोजना गरिएको थियो ।   
अर्घाखाँचीमा सङघर्ष समितीले घोषणा गरेका आगामी आन्दोलनका कार्यक्रमहरु:- 
– २१ र २२ अखण्ड पाँच नं प्रदेशको पक्षमा होर्डिङ्ग बोर्डहरु लगाउने ।
– २३ र २४ गते जिल्ला प्रशासन कायाृलय, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालयहरुलाई मानव सांलोले सुरक्षा प्रदान गर्ने । 
– २५ गते सरकारको गतिविधी हेरेर सरकारले प्रस्ताव फिर्ता नलिएको खण्डमा नयाँ भिषण संघर्षका कार्यक्रम घोषणा गर्ने