सिद्धाराको हररेमा सूचनाको अधिकार सम्वन्धमा कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सिद्धारा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सूचना तथा सुशासन अभियान, सिआईजीले हिजो सोमवार सिद्धारा गाविसको हररेमा सूचनाको अधिकार सम्वन्धमा कार्यक्रम सम्पन्न गरेको छ । 
गाविस सचिव ओम प्रकाश पान्डेको अध्यक्षता, जिशिअ लिल वहादुर राउतको प्रमुख आथित्यता रहेको सो कार्यक्रममा करिव एक सय पचास जनाको सहभागिता रहेको थियो ।
सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले आरटीआई सम्वन्धमा जानकारी गराउनु भएपछि क्रियाशिल राजनैतिक दलका नेता तथा प्रतिनिधिहरुले आ आफना बिचार ब्यक्त गरी आज मात्रै आफुहरुले सूचनाको हक सम्वन्धमा राम्रो सँग जानकारी पाएको बताएका थिए ।  
सिआईजीका सहसचिव नविन के.शिको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी चौकी सिद्धाराका सहि बावुराम घिमिरेले सहभागीहरुलाई प्रहरी गतिविधि सम्वन्धमा प्रकाश पार्नु भएको थियो । 
यसैगरी कार्यक्रमका प्रमुख अतिथी जिशिअ राउतले सूचनाको हकलाई ब्यवहारमा उतारी अध्यारोवाट उज्यालो तर्फ लम्कन सहभागीलाई आग्रह गर्नु भएको थियो । 
बिधार्थी तथा अभिभावकहरुले आ आफना विधालयमा के भईरहेको छ र राज्यवाट के कस्ता सेवा सुविधाहरु उपलब्ध भएका छन भन्ने बिषयमा सूचनाको हक कोछे ढुङ्गा सावित हुने जानकारी गराउनु भएको थियो । 
यसैगरी कार्यक्रममा सहभागी सम्पूर्ण सार्वजनिक निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई आ आफना कार्यालयमा राख्नका लागि सूचनाको हकलाई झल्काउने होडिङ्ग बोर्ड लगायतका पाठय सामाग्रीहरु बितरण गरिनुका साथै कार्यक्रम सफल बनाउन मिहिनेत गरेका ५ जनालाई प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो ।