अर्घाखाँचीमा बन्द खुलेको घोषणा भएसँगै चहलपहल बढ्दो

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । लगातार एक हप्ता सम्म बन्द भएको अर्घाखाँची जिल्ला खुलेको घोषणा भएसगै  चहलपहल अत्यान्तै बढेर गएको छ ।
सदरमुकामका पसलहरु मंगलबार बिहानै खुलेका थिए । बन्द खुले सँगै यातायातका सबारी साधनहरु जिल्लाबाट बाहिर जाँदा भरिभराउ खचाखच भरिएका छन ।
लामो समय बन्द हुँदा उकुस मुकुस भएको अर्घाखाँची जिल्लाको चहलपहल एकाएक बढेर गएको हो । बन्द खुलेपछि अाजबाट बिधालय क्याम्पस बोडिङ स्कुलहरु सुचारु भएका छन भने स्थगित भएको बिधालयको परिक्षा समेत मंगलबारबाट सुरु भएको छ ।
बन्द खुलेपछि अाफ्नो गन्तब्यमा जान रोकिएका सबै यात्रुहरु गन्तब्यका लागि हिडेका छन । धेरै दिनपछि बन्द खुलेका कारण गाउँबाट भने त्यति उल्लेखनीय रुपमा मानिसहरु सदरमुकाम झरेको नदेखिएको भएपनि सदरमुकाममा बस्नेले सामान किन्नका लागि तरकारी किराना पसल कपडा पसल फेन्सि पसलहरुमा ग्राहकहरुको मंगलवार भिडभाड देखिएको थियोे ।
सदरमुकाम लगायत गाउँमा समेत बन्द खुलेपछि चहलपहल सुरु भएको स्थानिय बासिन्दाहरुले बताएका छन । बन्दका कारण प्रभाबित बनेका उधोग धन्दा कलकारखाना सुचारु भएसगै चहलपहल बढेर गएको हो ।
अर्घाखाँची जिल्लामा बसेको सघर्ष समितिको बैठकले २५ गते सम्मका लागि बन्द हड्तालका सबै कार्यक्रमहरु फिर्ता लिएको र अान्दोलनका नयाँ कार्यक्रम अनुसार अाफुहरु अगाडि बढिरहेको नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा सङघर्ष समितिका सभापति बिष्णु प्रसाद खनाल मुस्कानले डटकमलाई जानकारी दिनु भयो । 
सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता नगरे र ५ नम्बर प्रदेश टुक्राउने निर्णय फिर्ता नलिए २५ गते सङघर्ष समितिको बैठक बसेर थप अान्दोलनका कार्यक्रमहरु घोषणा गर्ने र सरकारले गरेको संविधान संशोधन कुनै हालतमा अान्दोलनबाट पास हुन नदिने काङ्ग्रेस नेता खनालले डटकमलाई जानकारी दिनु भयो ।
बन्द खुलेपछि सुनसान रहेका अर्घाखाँचीका सरकारी कार्यालयहरुमा समेत सेवा ग्राहिहरुको चहलपहल देखिएको छ ।