सन्धिखर्कको निर्मल नबज्योति सुस्त मनस्थिती बिधालयका अपाङ्गहरु बिद्यार्थीलाई जाडोका कपडा वितरण

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको निर्मल नबज्योति सुस्त मनस्थिती बिधालयमा अपाङ्गहरुको सेवा गरे सबै भन्दा ठुलो पुन्य हुन्छ भन्ने बिश्वासका साथ  अपाङ्ग, असहाय तथा सुस्तमनस्थिति भएका बिद्यार्थीलाई कपडा वितरण गरिएको छ । 
निर्मल नबज्योति सुस्तमनस्थिति बिधालयमा एक कार्यक्रमका बिच १६ जना अपाङ्ग तथा सुस्तमनस्थिती भएका बिधार्थिहरुलाई जाडोका कपडा बितरण गरिएको हो।
सन्धिखर्क नगरपालिका पटुवाथुम निबासी ८४ बर्षिय मोतिकुमार श्रेष्ठले अाफुले चौरासी बर्ष पुरा गरेको उपलक्षमा सुस्तमनस्थिती बिधालयका बिधार्थीहरुलाई जाडोका कपडाहरु बितरण गर्नु भएको उहाले बताउनु भयो ।
कार्यक्रम उधोग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यता, श्रोत ब्यक्ति नाम बहादुर भाटको सन्चालनमा भएको कार्यक्रममा समाजसेवी ऋषब अधिकारी, पदम भुसाल लगायतले मन्तब्य राख्दै ८४ बर्षिय मोतिकुमार श्रेष्ठले उदारणिय काम गरेकोमा सबैले धन्यबाद दिएका थिए ।
कार्यक्रम बिधालयका प्रअ कमला भुसालको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
बिधालयको भबन भने निकै जिण रहेको छ । भबन निर्माणमा कसैले चासो नदिएको भन्दै अपांगलाई हेर्ने दृष्टिकोण समाजबाट अझै बदलिन नसकेको बोल्ने बक्ताले बताएका थिए।