अर्घाखाँचीका सफल निर्माण ब्यबसायीमा ऋषिराम अधिकारी र काशीराम बस्याल

ऋषिराम अधिकारी (बाँया) एवम  काशीराम बस्याल  ।

सुर्य भुसाल 
सन्धिखर्क, अर्घखन्ची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा बसेर लामो समयदेखि ठेक्काको काम गर्दै अाएका निर्माण ब्यबसायी संघ अर्घाखाँचीका अध्यक्ष समाजसेवी ऋषिराम अधिकारी एवम वरिष्ठ निमार्ण ब्यबसायी तथा बरिस्ठ उपाध्यक्ष काशीराम बस्याल अहिले जिल्लाका सफल र संक्षम निर्माण ब्यबसायी बन्न सफल भएका छन ।
पिटिअार कन्टक्सनका प्रोपाईटर समेत रहेका ऋषिराम अधिकारी जिल्लामा अहिले पुलको काम गर्नेमा एक नम्बर ठेकदारको रुपमा चर्चित छन । उनले गरेको काम गुणस्तरीय र भरपर्दाे हुने गरेको जिल्लाबासीले महसुस गरेका छन । भने अर्का निर्माण ब्यबसायी काशीराम बस्याल जिल्लाको जल्दो बल्दो बाटो घाटो पिच गर्ने तथा भबन निर्माण गर्नेमा भरपर्दाे र गुणस्तरीय काम गर्ने ठेक्दारको रुपमा परिचित भएका छन ।
निर्माण ब्यबसायीको रुपमा काम गर्ने निर्माण ब्यबसायी अहिले सम्मका बिबादमा नपरेका तथा असल निर्माण ब्यबसायीको रुपमा परिचित हुन पुगेका हुन ।
अर्घाखाँची जिल्लामा मात्र नभई छिमेकि जिल्लाहरु तथा जिल्लाको सबैभन्दा ठुलो सडक सालझण्डी ढोरपाटनका समेत ठेक्का लिएर निर्माण ब्यबसायी संघको समेत नेतृत्व गरेका यि ब्यबसायीहरु लुम्बिनी अन्चलका ईमानदार ब्यबसायी तथा सफल ब्यबसायी बन्न सफल भएका हुन ।
निर्माण ब्यबसायी संघमा समेत यिनिहरु निर्विवातित पदाधिकारी बनेका छन ।