५ नम्बर प्रदेश टुक्राउने निर्णय बिरुद्ध अान्दोलनकारीहरुद्वारा अर्घाखाँचीमा सरकारी कार्यालय घेराउ (फोटोहरु)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेश टुक्राउने सरकारको निर्णय बिरुद्ध अान्दोलनमा उत्रिएका अान्दोलनकारीहरुले अाज जिल्लामा सरकारी कार्यालय घेराउ गरेका छन ।
घेराउका कारण कुनै पनि कार्यालयहरुमा बिहान कर्मचारीहरु प्रबेश गर्न सकेका थिएनन् । जिल्लाको मुख्य प्रशासनिक कार्यालय जिल्ला प्रशासन कार्यालयमा बिहान नौ बजेदेखि अान्दोलनको नेतृत्व गरेका नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मिया, नेकपा माअोबादी केन्द्रका संयोजक ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका अध्यक्ष झबिलाल थापा लगायतका नेताहरुले घेराउ गरेका थिए ।

 संयुक्त संघर्ष समितिको निर्णय अनुसार जिल्लाका जिल्ला प्रशासन, जिविस, जिल्ला प्रहरी, जिल्ला शिक्षा कार्यालयलगायतका सरकारी कार्यालयको प्रवेशद्वारमा मानव साङ्गलो निकाली प्रदर्शन गरिएको हो । मानव साङ्लोमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँशक्ति, उद्योग बाणिज्य संघ, अन्तरपार्टी महिला सञ्जाललगायत प्रमुख दल एवं प्रतिनिधिले सहभागिता जनाएका छन् । 


घेराउका कारण कार्यालयका कामहरु ११ बजे सम्म पूर्ण रुपमा कर्मचारीहरु कार्यालय प्रबेश गर्न सकेनन् थिएनन् । काम पूर्ण रुपमा प्रभावित भएको थियोे । अधिकाम्स कर्मचारीहरु भने अान्दोलन सुरु हुनु पहिला ८ बजे नै कार्यालय प्रबेश गरिसकेका थिए । 
भोलिपनि जिल्लाका सरकारी कार्यालयमा साङ्ले जुलुसले घेराउ गर्ने कार्यक्रम रहेको अान्दोलन परिचालन समितिले जनाएको छ ।