सुर्य भुसाल
खाचिकोट, भुजुङ्गे ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ९, खाचिकोट भुजुङ्गेमा रहेका दलित बर्गलाई लक्षित गरि सूचना तथा सुशासन अभियान, सिआईजीले जान्न पाउने अधिकार सम्वन्धमा कार्यक्रम सम्पन्न गरेको छ ।
राज्यले दिएका अधिकार सम्वन्धमा अनभिज्ञ रहेका दलित समुदायहरुले अव उप्रान्त प्रत्येक सार्वजनिक निकायमा गएर सूचना माग्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
सिआईजी सचिव राधा नेपालीको सन्चालन रहेको सो कार्यक्रममा सिआईजीका अध्यक्ष मुक्तिनाथ भुसालले सहभागीहरुलाई अध्यारो जिन्दगीवाट उज्यालो तिर लम्कनका लागि सूचनाको हकको महत्व रहेको भन्दै यस सम्वन्धमा सबै जानकारी गराउनु भएको थियो ।