बिहिबार सन्धिखर्कमा मानव साङ्गलो निकाली प्रदर्शन गरिएको थियो ।
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेश टुक्राउने निर्णय विरुद्ध अर्घाखाँची जिल्लामा भोली शुक्रवार पुन: बन्दको आव्हान गरिएको छ ।
भोली विहान ८ बजे देखि ११ बजेसम्म बन्दको आव्हान गरिएको सङघर्ष समितीका अद्क्ष्य तथा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले बताए ।
यस अघि मंसिर २५ गते सम्मको लागि बन्दका कार्यक्रम फिर्ता लिईएको थियो । बन्द खुलेपछि सन्धिखर्क सन्धिखर्क सहित ग्रामिण बजारमा चहलपहल बढेको थियो ।
बन्दको अवधिमा कलकारखाना, बजार, यातायात, शैक्षिक संस्था लगायत सबै बन्द गरिने छ । साथै भोलिपनि विहान ९ बजे जिल्लाका सरकारी कार्यालयमा साङ्ले जुलुसले घेराउ गर्ने कार्यक्रम रहेको अान्दोलन परिचालन समितिले जनाएको छ ।