अर्घाखाँची जिल्ला अदालतमा पहिलोपटक विद्युतीय हाजिरी सञ्चालन

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अदालतमा  पहिलोपटक विद्युतीय हाजिरी सञ्चालनमा ल्याइएको छ । 
कार्यालयको काम प्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उदेश्यले जिल्ला अदालतमा कार्यालय डिजिटल हाजिरी सुरु गरिएको हो ।
विद्युतीय हाजिरी जडानसँगै कार्यालयमा कर्मचारी समयमा आउने र काम कारबाही छिटोछरितो हुने आशा लिइएको छ ।
जिल्लाका अन्य सरकारी कार्यालयमा पनि यो प्रणाली जडान गर्न सके कामकाजमा प्रभावकारिता आउने अपेक्षा गरिएको छ । 
तस्बिर: सहयोगी बिसी 

अन्य समाचारहरु