अर्घाखाँचीमा सरकारी कार्यालय घेराउ (फोटोहरु)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेश टुक्राउने सरकारको निर्णय बिरुद्ध अान्दोलनमा उत्रिएका अान्दोलनकारीहरुले अाज जिल्लामा सरकारी कार्यालय घेराउ गरेका छन ।
घेराउका कारण कुनै पनि कार्यालयहरुमा बिहान कर्मचारीहरु प्रवेश गर्न सकेका थिएनन् । जिल्लाको मुख्य प्रसाशनिक कार्यालय जिल्ला प्रशासन कार्यालयमा बिहान नौ बजेदेखि अान्दोलनको नेतृत्व गरेका नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मिया, नेकपा माअोबादी केन्द्रका संयोजक ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका अध्यक्ष झबिलाल थापा लगायतका नेताहरुले घेराउ गरेका थिए ।
घेराउका कारण कार्यालयका कामहरु ११ बजे सम्म पूर्ण रुपमा कर्मचारीहरु कार्यालय प्रबेस गर्न सकेनन् भने काम पूर्ण रुपमा प्रभावित भएको थियोे ।
अधिकाम्स कर्मचारीहरु भने अान्दोलन सुरु हुनु पहिला ८ बजे नै कार्यालय प्रबेस गरिसकेका थिए । 
बिहिवार समेत सरकारी कार्यालय घराउ गरेका अान्दोलनकारीहरुले शुक्रबार भने साङ्ले जुलुसले सरकारी कार्यालय पूर्ण रुपमा घेराउ गरेका थिए ।
घेराउका कारण कामकाज पूर्ण रुपमा प्रभावित भएको थियोे ।