स्थानीय बिकास अधिकारी पौडेलद्वारा अर्घाखाँचीको बिकास निर्माणको अनुगमनलाई तिब्रता दिने उल्लेख

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । स्थानीय बिकास अधिकारी प्रदिप पौडेलले जिल्लाको बिकास निर्माणलाई सम्पन्न गर्नका लागि अनुगमनलाई तिब्रता दिने बताउनु भएको छ ।
रेडियो देउरालीको कार्यक्रम जनसरकारमा अाफ्नो भनाइ राख्दै स्थानीय बिकास अधिकारी पौडेलले जिल्लाका गतिविधि तथा बिकासका कामहरुलाई बैशाख महिना भित्र पुरा गर्ने र अषाढ मसान्तमा हतारका साथ गर्ने काम पहिला नै गर्ने ब्यबस्था मिलाउनका लागि कर्मचारीहरुलाई निर्देशन दिएको बताउनु भयो ।
पौडेलले बिकास निर्माणका कामहरुलाई पारदर्शिताका साथ अगाडि बढाउने बताउदै अर्घाखाँची जिल्लामा मोटरबाटो तथा अन्य बिकास निर्माणका काम देख्दा अाफु हर्षित भएको उहाले दावी गर्नु भयो । पौडेलले कर्मचारीहरुलाई जनताको सेबालाई तुरुस्त दुरुस्त पार्नका लागि अाफुले निर्देशन दिएको बताउदै बिकासका कामको अनुगमनलाई अाफुले महत्त्वपूर्ण ढंगले अगाडि बढाउने बताउदै सबै जिल्लाबासीको सहयोग भए अाफुले एतिहासिक काम गरेर देखाउने बताउनु भयो । 
पौडेलले जिल्ला बिकास समिति प्राबिधिक कार्यालय तथा बिषयगत कार्यालयहरुको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउदै चुरे क्षेत्रमा हुने ढुङगा गिट्टी बालुवा चोरी निकासी पुर्ण रुपमा अन्त्य गरिने बताउदै एस एन अार टिपि प्रोजेटको काम जिल्लामा दुर्त गतिमा अगाडि बढेको बताउनु भयो । उहाले अागामि जिबिस परिषदबाट महिला दलित बालबालिकाहरुको क्षेत्रमा बजेट बिनियोजन गर्ने बताउदै शिक्षा स्वास्थ खानेपानी लगायतका क्षेत्रको बिकासका लागि अाफुले सहयोग गर्ने बताउनु भयो । उहाले सरकारी कामलाई प्रभाबकारी बनाउनु सबैको दायित्व भएको बताउदै अाफुलाई सकरात्मक काममा सहयोग गर्न अाग्रह गर्नु भयो । 
भरखर मात्र स्थानिय बिकास मन्त्रालयबाट अर्घाखाँची सरुवा भएर अाउनु भएका स्थानिय बिकास अधिकारी पौडेल निकै अनुभवी युवा सालिन स्वाभाबका जनता प्रेमि स्थानिय बिकास  अधिकारीको रुपमा जिल्लाले पाएको यहाँका सरोकारवालाहरुले महसुस गरेका छन ।
मुलुकको प्रशासन प्रमुख तथा मुख्य सचिब सम्मको हैसियत राख्ने पौडेल अर्घाखाँची जिल्लामा अाएपछि बिकासले फड्को मार्ने जिल्लाबासीले अपेक्षा समेत गरेका छन।