अर्घाखाँचीमा पुन: जिल्ला बन्दको घोषणा, अान्दोलन सशक्त गराउने निर्णय

सन्धिखर्कमा बसेको संयुक्त संघर्ष समितिको बैठक । 

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । संयुक्त संघर्ष समितिको आज बसेको बैठकले  आगामी दिनहरुका संघर्ष तथा आन्दोलनका कार्यक्रम गर्ने सर्बसम्मत रुपमा निर्णय गरेको छ ।
सन्धिखर्कमा गरिएको पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक तथा काङ्ग्रेस सभापति बिष्णु प्रसाद खनाल मुस्कान ले अागामि कार्यक्रम का बारेमा पत्रकार हरुलाई जानकारी गराउनु भएको थियो ।

अब हुने आन्दोलनका कार्यक्रमहरु :-
१. मंसिर २५ र २६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म जिल्ला बन्द । तर शैक्षिक संस्था हरू भने खुल्ला ।
(२५ गते युवाहरूको अगुवाईमा सिठी जुलुस र २६ गते महिलाहरुको अगुवाईमा थाल ठटाएर जुलुस प्रदर्शन गर्ने )
२. मंसिर २९ गते साँझ सन्धिखर्कमा मसाल जुलुस गर्ने ।
३. मंसिर ३० गतेदेखि पौष ६ गतेसम्म बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म जिल्ला बन्दको घोषणा ।

संघर्ष कार्यक्रम अन्तरर्गत मंसिर २५ र २६ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म आमहडताल गर्ने र जिल्ला बन्द गर्ने घोषणा गरिएको हो । आमहडतालमा शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरेकोले आम हडतालमा शैक्षिक संस्था निर्बाध रुपमा संचालन हुने निर्णय गरेको संयुक्त संघर्ष समितिका संयोजक बिष्णु प्रसाद खनाल ” मुस्कान ” ले बताउनुभयो ।
मंसिर २७ ,२८ ,२९ गते कुनैपनी आन्दोलनका कार्यक्रम नभएको पत्रकार सम्मेलनमा जानाकारी गराइएको थियो ।
२५ गते युबाहरुको अगुवाइमा बिहान १ बजेदेखि सिट्टी जुलुस र २६ गते पनि सोही समयमा महिलाहरुको अगुवाइमा थाल ठटाउने जुलुस गर्ने पनि निर्णय गरेको छ ।
मंसिर २७ ,२८  र २९ गते जिल्लामा अधिकांश दिबाली पुजा हुने भएकोले कुनै आन्दोलनका कार्यक्रम राखिएको छैन ।   २९ गते साँझ सन्धिखर्कमा प्रभावकारी रुपमा मसाल जुलुस कार्यक्रम राखिएको छ ।  मंसिर ३० गते देखि पौष ६ गतेसम्म शैक्षिक संस्था बाहेक आमहडताल गरिने निर्णय भएको छ ।
यस्तै आन्दोलनको बिचमा टोपबहादुर रायमाझी र चन्द्र भण्डारी समेत आउने भएका छन् ।