आफ्नै प्रदेश टुक्राउने प्रचण्डको लागि ज्यान दिईन् अर्घाखाँचीकी किशोरीले

काठमाडौं ( अर्घाखाँचीडट्कम) । सुर्खेत वीरेन्द्रनगरमा भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला-२०१६को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागत गर्न निकालिएको र्‍यालीमा सहभागी भएकी अर्घाखाँचीकी एक छात्राको मृत्यु भएको छ ।  

‘प्रचण्ड’को स्वागत गर्न लाइनमा बसेको बेला अर्घाखाँची जिल्लाको खनदह गाबिस वार्ड नं. ७ की १३ वर्षीया किशोरी समीक्षा आचार्यले ज्यान गुमाइएकी हुन् । 
मेलाको उद्घाटन पाँच नम्बर प्रदेश टुक्र्याउने तथा हिन्दी भाषालाई संवैधानिक हैसियत प्रदान गर्नेगरी सात बुँदे संविधान संशोधन प्रस्तावलाई व्यवस्थापिका-संसदमा दर्ता गराएका  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।  
अर्घाखाँची खनदहका  बाबु सुर्खेतमा व्यापार गर्ने भएकाले उनी पनि बाबुआमासँगै बसेर वीरेन्द्रनगर नगरपालिकाको सनिलाइनमा रहेको सुर्खेत होराइजन एकेडमीमा कक्षा ९ मा अध्ययनरत थिइन् । स्कुलले र्‍यालीमा पठाएपछि बुलबुले चोक नजिक पुग्दा समीक्षा बेहोस भएर लडेकी थिइन । उनलाई तत्कालै उपचारका लागि देउती नर्सिङ्ग होम लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि समीक्षालाई मेडिकल कलेज कोहोलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।  
तर विद्यालयका सहायक प्रिन्सिपल विनु भाष्करले कोहलपुर पुर्‍याएलगत्तै समीक्षालाई चिकित्सकले मृत्यु घोषणा गरेको बताए । विद्यालले आफ्नो कारणले समीक्षाको मृत्यु नभएको दावी गरेको छ । चिकित्सकले समीक्षालाई हृदयघात भएको जानकारी आफुहरुलाई दिएको भाष्करले बताए ।  महोत्सव समितिले नै विद्यार्थी सहभागी गराइदिन आग्रह गरेपछि विद्यार्थीलाई र्‍यालीमा  सहभागी गराइएको भाष्करले बताए । 
उता दाहालको स्वागत गर्न लाइनमा बसेको बेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ।
अनेरास्ववियुले उनको मृत्युको घटनाको सत्यतथ्य छानबिन माग गर्दै प्रदर्शन गरेको हो। विद्यालय बन्द गरेर विद्यार्थीलाई स्वागतमा लगाउनु गैरजिम्मेवार हो भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने समेत उनिहरुले माग गरेका छन् । 
मेलाको उद्घाटन पाँच नम्बर प्रदेश टुक्र्याउने तथा हिन्दी भाषालाई संवैधानिक हैसियत प्रदान गर्नेगरी व्यवस्थापिका-संसदमा दर्ता गराएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।